Logo

मेघनाथ पहाडी

जेष्ठ २१, २०७८ शुक्रबार

दक्षिणकालीमा निःशुल्क रुपमा ३० वेडको सेवासुविधा सम्पन्न आइसोलेशन संचालन


काठमाडौं । दक्षिणकाली नगरपालिकाले चाल्नाखेलमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा ३० बेड अक्सिजन सहितको आइसोलेसन सेन्टर सञ्चालन गरिएको छ । सुविधा सम्पन्न ३० वेडको आइसोलेशनमा विरामीलाई आवश्यक पर्ने सम्पुर्ण सेवा सुविधाहरु निःशुल्क रुपमा दिंदै आईएको हो ।

सो आइसोलेशनमा सामान्य बस्न मात्र नभएर खाना, औषधि, अक्सिजन, ल्याब र एक्सरे सेवा, चकित्सकीय परामर्श र सवारीसाधन सेवा लगायत विरामीलाई आवश्यक पर्ने सम्पुर्ण सेवा सुविधाहरु निःशुल्क रुपमा दिईएको नगर प्रमुख मोहन बस्नेतले बागमती पेजलाई जानकारी दिएका छन् ।

नगरपालिकाले संचालन गरेको आइसोलेशनमा दक्षिणकाली नगरपालिका मार्फत १ जना चिकित्सक र ४ जना नर्सिङ स्टाफ नियुक्ति गरि हाल ३ जना चिकित्सक र १२ जना नर्सिङ स्टाफहरुबाट सेवा दिइरहेको नगर उपप्रमुख बसन्ती तामाङ (डंगोल)ले जनाएकी छन् ।

यस केन्द्रमा ३८ जना कोभिडका बिरामीहरु भर्ना भएका थिए । जसमध्ये १३ जना उपचाररत छन् भने २५ जनाले कोरोना जितेर घर फर्केका नगरपालिकाका कोभिड तथा सिआइसिटी प्रमुख विष्णु लामिछानेले बताए ।

हाल नगरप्रमुख मोहन बस्नेत, उप-प्रमुख बसन्ती तामाङ (डंगोल) लगायतका अन्य जनप्रतिनिधिहरु समेत कोभिड संक्रमित तथा ज्यष्ठ नागरिकको घर-घरमा पुगेर स्वास्थ्य अवस्था बुझ्ने तथा स्वास्थ्यकर्मी मार्फत आवश्यक स्वास्थ्य परामर्श दिने गरेका छन् । विमारीलाई आफ्नो स्वास्थ्य स्थितिबारे सहज जानकारी होस् र उनीहरुको आत्मबल बढोस् भन्ने उदेश्यले यस्तो सेवा दिन शुरु गरेको नगर प्रमुख बस्नेत बताउँछन् ।

नगरको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा विभिन्न संघ संस्थाहरुबाट सहयोग आउने क्रम जारी रहेको छ । विभिन्न संघ संथा र नगरवासीहरुको विशेषले खाद्यन्न, स्वास्थ्य सामग्री लगायतका आवश्यकीय समानहरु सहयोग गर्दै आएका छन् ।

दक्षिणकाली नगरपालिका भित्र हाल सम्मको अपडेट: