Logo

बागमती पेज

जेष्ठ २१, २०७८ शुक्रबार

कांग्रेस नेता खतिवडाद्वारा जिल्लाका सबै स्थानीय तहमा स्वास्थ्य समाग्री सहयोग


काठमाडौं । नेपाली काग्रेसका प्रभावशालि युवानेता रामहरी खतिवडाले कोभिड-१९ को संक्रमण रोकथाम तथा नियन्त्रणको लागि ओखलढुंगामा स्वास्थ्य समाग्री वितरण गरेका छन् । कोरोना संक्रमणबाट नागरिकलाई बचाउन जिल्लाभर मास्क बाड्ने गरि ९५ हजार थान मास्कसहितका स्वास्थ्य सामाग्री लिएर खतिवडा जिल्ला पुगेका हुन् ।

जिल्लाका ८ वटै स्थानीय तहका ७५ वटा वडामा प्रति वडा एक हजारका दरले मास्क, ५ लिटरका दरले सेनिटाईजर खतिवडाले पठाएका छन् । विहिबार बिहान जिल्ला प्रशासन कार्यालयमा एक कार्यक्रमका बिच नेता खतिवडाले सामान हस्तान्तरण गरे ।

कोरोना संक्रमण न्यूनिकरणका लागि अग्रभागमा रहेर काम गर्नेहरुका लागि जिल्लाका सबै वडामा समानुपातिक हिसाबले प्रतिवडा हजार थान मास्क र ५ लिटरका दरले सेनिटाईजर सहित उपलब्ध गराउने गरि प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरेको खतिवडाले बताए । ‘जिल्लाका जनता बचाउने अभियानमा हामी छौं । कोही पनि ओखलढुंगे नागरिक कोरोनाबाट मर्न नपरोस् भन्ने उद्देश्य र यतिबेला जिल्लाभरबाट मास्क, सेनिटाइजरको माग बढेकाले मैले जिल्लाभर पुग्नेगरि प्रशासनलाई सामान हस्तान्तरण गरेको छु ।’

खतिवडाले भने, ‘जिल्लाका सुरक्षा निकाय, स्वास्थ्यकर्मी र अन्य अग्रभागमा खटिनेका लागि समेत आवश्यक स्वास्थ्य सामाग्री ल्याएको छु ।’ जिल्ला स्थित सुरक्षा निकाय, कोरोना संक्रमण नियन्त्रणमा खट्ने सरोकारवाला र अस्पताल तथा स्वास्थ्यकर्मीका लागि समेत मास्क, सेनिटाइजर, ७५ थान पिपिइ सेट, संक्रममितको शव व्यवस्थापन गर्दा सेनाले लगाउने कपडा, १५०० पिस साबुन सहितको करिब ५ लाख भन्दाबढीका सामान खतिवडाले प्रशासनलाई उपलब्ध गराएका हुन् ।

नेता खतिवडा मार्फत उपलब्ध सामाग्री तोकिएका स्थानमा पठाईने सहायक प्रमुख जिल्ला अधिकारी कुलशेखर अर्यालले बताए । संविधान सभाका सदस्य समेत रहेका नेता खतिवडाले गतवर्ष देखिनै कोरोना संक्रमण नियन्त्रणका लागि जिल्लामा स्वास्थ्य सामाग्रीहरु सहयोग उपलब्ध गराउँदै आएका छन् ।

खतिवडाले गतवर्ष मानेभञ्ज्याङ क्षेत्रमा गुर्जोका विरुवा समेत वितरण गरेका थिए । यसवर्ष मानेभञ्ज्याङ र चम्पादेवी क्षेत्रमा रोगप्रतिरोधात्मक क्षमता बढाउने भिटामिन सहितका औषधी बाँडेका छन् ।