काठमाडौं । एचटिभी खबरका संचालक तथा प्रधान सम्पादक सबिन पन्तले ‘पृथक’ले आफ्नो जन्मदिन आश्रममा रहेका असहाय जेष्ठ नागरिकहरु सँग मनाएका छन् ।
बूढानीलकण्ठ नगरपालिका-७ स्थित रिमा साईराम सेवा घरमा परिवारसहित पुगेका पन्तले आश्रममा रहेका असहाय जेष्ठ नागरिकहरु, महिलाहरुलाई खाना खुवाउनुको साथै आवश्यक खाद्यान्न प्रदान गरेका थिए ।
समाजिक क्षेत्रमा सक्रिय रहेका संचारकर्मी पन्तले आगामी दिनमा पनि आफूले सकेको सहयोग गर्ने जनाएका छन् । कोरोना कहरमा आश्रममा बस्ने जेष्ठ नागरिकलाई भौतिक दूरी कायम गर्दै खाद्यन्न सहयोग गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि फर्स्ट भाइस डिष्ट्रिक गभर्नर लायन महेन्द्र पौडेलले आफ्नो जन्मदिन घरमा परिवारसंग मात्रै बसेर भन्दापनि दुःखीहरुको सेवा गर्दै मनाएकोमा प्रशंसा गरेका थिए । सबैले आफ्नो जन्मदिनमा सामाजिक कामगर्दै मनाउन आग्रह गरेका छन् ।
लायन्स क्लब अफ काठमाडौं टि कपनकी कोषाध्यक्ष समृद्धि पन्तको अध्यक्षतामा गरिएको कार्यक्रमको संचालन लायन्स क्लबका डिष्ट्रिक्ट चेयरपर्सन ठाकुर प्रसाद खकुरेलले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्