काठमाडौं । भेनस नेसनल कलेजमा अन्तराष्ट्रिय स्तरको पढाई शुरु हुने भएको छ । भेनसले आईटीमा दक्ष जनशक्ति उत्पादन गर्ने र आफ्ना विद्यार्थीहरुलाई विश्व बजारमा प्रतिशपर्धा गर्न सहजहोस् भनि अमेरिकामा पढाईहुँने के १२ पाठ्यक्रम भित्र्याएको हो ।

सोमबार एक कार्यक्रम गर्दै भेनस नेशनल कलेज र जेनिस क्लाउड एकेडेमी बीच सहमति पत्र हस्ताक्षर मार्फत सो कुराको जानकारी गराईएको थियो । हाल भेनसामा प्लस टु तहमा अन्तराष्ट्रिय स्तरको कोर्स पढाउँन शुरु गरिने भएको छ, भने आगामी दिनमा भेनसले व्याचलर तहसम्म यो पढाईलाई निरन्तरता दिने क्याम्पस प्रमुख कृष्ण गौतमले जानकारी दिएका छन् ।

क्याम्पस प्रमुख गौतमले आइटी क्षेत्रमा भेनस कलेजले अन्तराष्ट्रिय स्तरको गुणस्तरिय शिक्षा प्रदान गर्ने बताएका छन् । उनले भने, ‘अन्तराष्ट्रिय स्तरमा आइटी क्षेत्रको माग बढि भएका कारण यो क्षेत्रलाई बढि जोड दिएका हौं । तपाँई भेनसमा आइटी पढ्नुस् जागिरको चिन्ता गर्नु पर्दैन हामी अन्तराष्ट्रिय स्तरमा तपाँईलाई रोजगारीको व्यवस्था गर्ने छौं ।’
पढेर ज्ञान जम्मा गर्ने भन्दा पनि जानेको सिप व्यवहारमा लागु गर्ने किसिमले अगाडी बढ्न भेनसले बढि ध्यान दिएको छ । क्याम्पस प्रमुख गौतमले जागिरको सिलसिलामा काठमाडौं वा नेपालका विभिन्न स्थानमा भन्दापनि अन्तराष्ट्रिय बजारमा आफ्ना विद्यार्थीलाई प्रतिश्पर्धा गराउने भेनस नेशनलको योजना रहेको प्रष्ट पारे ।
जेनिस क्लाउड एकेडेमी कार्यक्रम प्रवन्धक निलमणी न्यौपानेले एकेडेमीमा आवद्ध तथा सहयकार्य गर्दा विद्यार्थीहरुलाई अन्तराष्ट्रिय स्तरको शिक्षा बुझ्न र सिक्न सहज हुने जानकरी गराएका थिए । हाम्रो उत्पादनले नेपालमा मात्र सिमित रहेर काम गर्ने भन्दा पनि अन्तराष्ट्रिय बजारमा प्रतिश्पर्धा गर्दै महत्वपूर्ण स्थानमा पुग्न थप हौसला मिल्ने विश्वास व्यक्त गरेका थिए ।
संस्थाका अध्यक्ष पेमा छिरीङ शेर्पाले एमेजोन, गुगल, अलिबाबा जस्ता कम्पनीसंग सम्झौता गरेको संस्थासंग आबद्ध हुँन पाउँदा भेनस कलेज परिवार खुशी रहेको बताए । आगामी दिनमा भेनस कलेजले आइटी क्षेत्रमा अन्य भन्दा फरक र गुणस्तरिय शैक्षिक कार्यक्रमलाई समाबेश गर्दै जाने बताए ।
प्रतिक्रिया दिनुहोस्