Logo

भवानी कार्की

श्रावण २८, २०७८ बिहीबार

चरिकोटमा एक हप्ता निषेधाज्ञा


दोलखा । दोलखाको सदरमुकाम चरिकोटमा आजबाट एक हप्ताका लागि निषेधाज्ञा जारी गरिएको छ ।

जिल्ला भित्र पछिल्ला केही दिनमा कोरोना सङ्क्रमण दर उच्च रुपमा बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले २७ गते राती १२ बजे देखि असोज २ गतेसम्म भिमेश्वर नगरपालिका वडा नम्बर ३ र ६ पुर्ण रुपमा निषेधाज्ञा गर्ने निर्णय गरेको हो।

निषेधाज्ञा गरे सगै बिहिबार बिहानबाट चरिकोट बजार पुर्ण रुपमा बन्द भएको छ। बजारमा नेपाल प्रहरी र शसस्त्र प्रहरी बाक्लो रुपमा परिचालन गरिएको छ। बजारमा निजि सवारी चलाउन समेत कडाइ गरिएको छ।

औषधि बाहेकका सबै पसल बन्द भएका छ्न्। गाउँ-गाउँबाट आएका लामोदुरीका सवारीसाधन चले पनि बजारमा यात्रु ओराल्ने र चडाउने काम बन्द गरिएको छ।

प्रशासनले २ गतेसम्म चरिकोट बजारका सम्पुर्ण बैक सहकारी लगायतका बित्तीय संस्थाहरु समेत बन्द गर्ने निर्णय गरे सगै सम्पुर्ण कार्यालयहरु बन्द भएका छन्। चरिकोटमा रहेका सरकारी कार्यालयहरु आलोपालो रुपमा सन्चालन गरिएको छ ।

चरिकोट बजारमा १ दर्जन भन्दा बढी पसल ब्यवसायहरु कोरोना सङ्क्रमण देखिपछि केही दिन देखि ति ब्यवसाय बन्द छन् । जिल्लामा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या ४ सय ५० पुगेको छ। प्रतिदिन सङ्क्रमितको सङ्ख्या ५० को हाराहारिमा रहेको छ।