Logo

मेघनाथ पहाडी

भाद्र ७, २०७८ सोमबार

प्याब्सकको उद्घोषण प्रतियोगिता सम्पन्न


काठमाडौं । निजी तथा आवासीय विद्यालय संगठन काठमाडौं (प्याब्सक) ले उद्घोषण तालिम समापन तथा प्रतियोगिता सम्पन्न गरेको छ । चाबहिल चुच्चेपाटी स्थित स्मार्ट पार्टी प्यालेसमा स्वास्थ्य मापदण्ड अपनाई आयोजना गरिएको उक्त कार्यक्रममा उद्घोषण तालिमबाट छानिएका टप टेन मध्यबाट विजेता छनोट गरिएको थियो ।

योहो टेलिभिजनका समाचार प्रमुख तथा प्रसिद्व पत्रकार जीवराम भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा निणर्ायकको रूपमा प्रसिद्व संचारकर्मीहरु अच्युत घिमिरे एबं प्रशन्न ढुंगाना रहेका थिए । निजी विद्यालय संचालक, प्रिन्सिपल, शिक्षक एबं प्रतियोगी विद्यार्थीहरु सहभागी रहेको उक्त कार्यक्रममा प्रतियोगी विद्यार्थीहरुलाई कार्यक्रम सञ्चालन गर्न लगाएर विभिन्न विधा मार्फत परीक्षण गरी विजेता घोषित गरिएको थियो ।

प्याब्सकका अध्यक्ष गेन्द्र लामाको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रमको सञ्चालन महासचिव राजन श्रेष्ठले गरेका थिए भने उपाध्यक्ष समीर बास्तोलाले स्वागत मन्तब्य दिएका थिए । कार्यक्रममा प्रमुख अतिथि भण्डारीले मन्तव्य राख्दै प्याब्सकको यस्तो कार्यक्रमबाट आफू प्रभावित भएको र भविष्यमा सहकार्यको लागि तयार रहेको बताएका थिए । त्यसैगरी कार्यक्रममा विष्णु पराजुली, नारायण तिम्सिना, अच्युत घिमिरे, प्रशन्न ढुंगानाले लगायतले आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।

पाँच दिनसम्म विहान ९ बजे देखि ११ बजे सम्म अनलाइन संचालन गरिएको उक्त कार्यक्रममा प्रसिद्व संचारकर्मी प्रशन्न ढुंगाना प्रमुख प्रशिक्षकको रुपमा रहेका थिए । प्याब्सक अन्तर्गतका करिव ५० विद्यालयका विधार्थीहरुले भाग लिएको उक्त तालिम कार्यक्रममा १ सय भन्दा धेरै प्रशिक्षार्थी लाभान्वित भएको उक्त कार्यक्रमका संयोजक राजु पुडासैनीले जानकारी दिए ।

तालिम पश्चात उक्त उद्घोषण प्रतियोगिता संचालन गरिएको हो । उक्त प्रतियोगिताबाट दीपिका ढुंगाना (पायोनियार पब्लिक स्कूल) प्रथम, आरजु अर्याल (पुष्पलाल मेमोरियल स्कूल) द्वितीय, संगम कार्की (पुष्पलाल मेमोरियल स्कूल) तृतीय तथा दीपशिखा मगर (सगरमाथा एजुकेशनल एकेडेमी) चौथो भएका थिए ।

निजी तथा आवासीय विद्यालय संगठन काठमाडौं (प्याब्सक) ले विद्यार्थीहरुमा अन्तर्निहित ज्ञान र कला तथा क्षमताहरु प्रस्फुटन गराउन निरन्तर विविध सिर्जनात्मक गतिविधी सञ्चालन गरिरहेको र भविष्यमा अन्य कार्यक्रमका साथ आउने संस्थाका अध्यक्ष एबं मनास्लु वर्ल्ड कलेजका अध्यक्ष गेन्द्र लामा बताउँछन् ।

उक्त प्रतियोगिताबाट विजयी हुन सफल विद्यार्थीहरुले निकट भविष्यमा संचालन हुन गैरहेको प्याब्सक बालकुमार स्मृति गायन प्रतियोगिताको औपचारिक कार्यक्रम समेत संचालन गर्ने महासचिव राजन श्रेष्ठले जनाएका छन् ।