Logo

मेघनाथ पहाडी

मंसिर २, २०७८ बिहीबार

नेपाली कांग्रेस प्रदेश महाधिवेशन प्रतिनिधिमा कुशल पोखरेलको उम्मेदवारी


सिन्धुली । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मिति नजिकिदै जाँदा केन्द्र सँगै प्रदेश र क्षेत्र स्तरमा समेत उम्मेद्धारी घोषणा गर्ने क्रम बढ्दै गएको छ । आसन्न १४ औं महाधिवेशनमा नेपाली कांग्रेस सिन्धुली क्षेत्र नं १ ख प्रदेश महाधिवेशन प्रतिनिधि पदको उम्मेदवारमा युवा नेता कुशल पोखरेलले आफ्नो उम्मेद्धारी रहने घोषणा गरेका छन् ।

राजनीति सँगै सामाजिक क्षेत्रमा पनि उतिकै अघि बढेका पोखरेलले भने, म आफ्नो सपनाका खातिर मात्रै अधिवेशनको तयारीमा लागेको हैन, तपाईंहरुको सपना साकार पार्दै सुदृढ काङ्ग्रेस, जनताले खोजेको अनि रोजेको जस्तो नेतृत्वका लागि होमिएको हुँ । तपाईंहरुले अमुल्य साथ र सहयोगका लागि अपेक्षा गरेको छु ।

विगत देखि नै सामाजिक क्षेत्रमा महत्वपूणर् योगदान पुर्याएका युवा नेता कुशल पोखरेल निकै प्रभावशालि नेताका रुपमा चिनिन्छन् । जिल्लामा मात्र नभएर उनको केन्द्रीय स्तरका नेताहरुसँगको सहकार्य पनि उतिकै मजवुत रहेको एक सहकर्मीले बताएका छन् ।

युवा नेता कुशल पोखरेलले बागमती पेजसँग भने, ‘यस पछि पनि हरकुनै जिम्मेवारीका लागि म तयार छु, नयाँ काङ्ग्रेस, पुरानो संगठन बनाउने मेरो लक्ष्य रहेको छ । नेतृत्वले दिएको कुनै जिम्मेवारी बाट भाग्दिन ।’

प्रदेश महाधिवेशन प्रतिनिधिमा युवा नेता कुशलको उम्मेदवारी किन ?
१. काङ्ग्रेस भित्र भएका विकृती, विसङगती, गुटबन्दी हटाउँदै नयाँ सोच, लक्ष्य, उदेश्य र विशेष योजनाका साथ अघि बढ्न ।
२. काङ्ग्रेस भित्र रहेको गुटवन्दी हटाउँदै साङ्ठानिक रुपमा बलियो काङ्ग्रेस बनाउन लागि पर्ने ।
३. पार्टी भित्र रहेका जनवर्गिय संगठनलाई चलायमान बनाउन ।
४. जहाँ युवा त्यहाँ काङ्ग्रेस अभियान संचालन गर्नुका साथै युवा वर्गमा भएको राजनिती प्रतिको वितिष्णा हटाउन ।
५. पार्टी भित्र रहेका घात तथा अन्तरघातहरु निर्मुल पार्दै, पार्टीलाई पद्धति सम्बद संचालन गर्न ।

जहाँ युवा नेतृत्व, त्यहाँ सवल काङ्ग्रेस भन्ने नारालाई आत्मसात गर्दै काङ्ग्रेसलाई सवल, सक्षम काङ्ग्रेस बनाउने लक्ष्यका साथ प्रदेश महाधिवेशन प्रतिनिधिमा युवा नेता कुशल पोखरेलले उम्मेदवारी घोषणा गरेका हुन् ।