Logo

बागमती पेज

मंसिर २४, २०७८ शुक्रबार

जनप्रतिनिधि र कर्मचारीबिच मैत्रीपुर्ण फुटबल सम्पन्न


सिन्धुली । फिक्कल गाउँपालिका जनप्रतिनिधि तथा कर्मचारी बीच भएको मैत्रीपुणर् फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।

बुधबार फिक्कल- ६ को तिनखण्डे खेल मैदानमा भएको मैत्रीपुर्ण खेलमा कर्मचारीको टिम ५-१ को गोल अन्तरले पराजित भएको थियो ।

उक्त खेलमा जनप्रतिनिधीको तर्फबाट वडा न. ५ का वडाध्यक्ष राजु बराल र कर्मचारीको तर्फबाट निमित्त प्रमुख प्रशासकिय अधिकृत दाताराम प्याकुरेल क्याप्टेन रहेका थिए ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने विशेष कार्यक्रम अन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी बीच मैत्रीपुणर् फुटबल सम्पन भएको हो । खेल अवलोकन गर्न खेलप्रेमी स्थानीयबासी, विभिन्न राजनैतिक दलका नेताकार्यकर्ताको बाक्लो उपस्थिती रहेको थियो ।