Logo

मेघनाथ पहाडी

फाल्गुन २०, २०७८ शुक्रबार

किसुनजीलाई स्मरण गर्दै बूढानीलकण्ठमा दीपप्रज्जवलन (फाेटाेमा हेराैं)


काठमाडौं । नेपाली कांग्रेसका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री सन्त नेता कृष्णप्रसाद भट्टराईको ११ औं वार्षिक स्मृतीका दिन स्मरण गर्दै बूढानीलकण्ठ मन्दिर परिसरमा नित्य आरती सहित दीप प्रज्जवलन कार्यक्रम सम्पन्न भएको छ ।

किसुन प्रतिष्ठान नेपालले आयोजना गरेको कार्यक्रममा लोकतान्त्रीक खेलकुद संघ बागमती प्रदेशको महत्वपूर्ण सहयोग रहेकाे कार्यक्रमका संयोजक तथा वागमती प्रदेश का खेलकुद सचिव समेत रहेका बद्रि भट्टराईले बागमती पेजलाइ बताए ।

खेलकुदको क्षेत्रमा किसुनजीको स्मरणमा विभिन्न कार्यक्रमहरु निरन्तर सञ्चालन गर्दे आइरहेको भएपनि बूढानीलकण्ठमा दीप प्रज्जवलन पहिलो पटक भएको हो ।

समग्र नेपाली राजनीतिमा किसुनजीको यात्रा, संघर्ष, त्याग अनि समर्पण सदैव एक सम्पति र प्रेरणाका रुपमा रहने भएकाले उहाँप्रतिको सम्मान स्वयम प्रतिको सम्मान हुने हुँदा यस प्रकारको कार्यक्रम आयोजना गर्नु सबैको साझा दायित्व र कर्तव्य समेत भएको भट्टराईले बताए ।

दीप प्रज्जवलन कार्यक्रममा बागमती प्रदेश महामन्त्री राजु श्रेष्ठ, संघिय सासद दिव्यमणी राजभण्डारी, बागमती प्रदेश सांसद न्हुच्छेनारायण श्रेष्ठ, राधा घले काङ्ग्रेस जिल्ला काठमाडौं सचिव इन्द्रबहादुर थापा, बागमती प्रदेश सदस्य सानुकान्छा श्रेष्ठ, रेखा परियार लगायत नेपाली काङ्ग्रेस तथा समाजिक अभियन्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।