Logo

मेघनाथ पहाडी

फाल्गुन २६, २०७८ बिहीबार

उद्योग संचालनमा तरलता संकटः घाटाको व्यापार गर्दै व्यवसायी


काठमाडौं । नेपालका व्यवसायी विभिन्न कारणले गर्दा संकटको समयमा पनि उद्योग संचालन गर्न बाध्य छन् । लामो समयदेखि व्यवसाय गर्दै आएका उद्योगीहरु नेपालमा केही गरौ भन्ने सोचका साथ झिनो आसाले व्यवसाय संचालन गर्दै आएका हुन् । विगत २ वर्ष देखि उद्योगीहरु विश्व महामारीको रुपमा फैलियको कोरोना कहरले अहिले थलियर बसेका छन् । उद्योगीहरुलाई राज्यले दिनु पर्ने सेवा सुविधा खासै केही नभएको उद्योगीहरुको गुनासो छ ।

नेपाल कोेरोगेटेड बक्स उत्पादक संघका वरिष्ठ उपाध्यक्ष राजेश श्रेष्ठले राज्यले दिनुपर्ने सेवा सुविधा नदिएको गुनासो गरेका छन् । सरकारले सहजीकरण गर्ने ठाउँमा पनि उद्योगीलाई दुःख दिँदै आएको समेत उनको आरोप छ ।

हालको अवस्थामा नेपालमा चाहिने कच्चा पदार्थ यहीँ उपलब्ध छ । तर विभिन्न बाहाना वा बिचौलियाले कमाउँन भन्ने चाँहानाले गर्दा नेपालको रिसाइकिल कच्चा पदार्थ चोरी निकासी गरि सस्तो मुल्यमा भारत निर्यात हुँने गरेको हो । सोही कच्चा पदार्थ महँगो मुल्यमा भारतबाट भन्सार तिरेर पुनःनेपाल भित्र्याउनु पर्ने व्यवसायीको बाध्यता छ । त्यसकारण राज्यले भन्सारमा कडाई गर्न आवश्यक रहेको वरिष्ठ उपाध्यक्ष श्रेष्ठको गुनासो छ ।

बैंक ऋणमा चलेका व्यवसायलाई ब्याजले चाप्दै गएको हुँन्छ । चर्कौ व्याजमा ऋण लिएर संचालन गरेका उद्योगले बैंकको ऋण घटाउन सक्ने स्थिति भने छैन । व्यवसाय संचालनलाई राज्यले सस्तो ब्याज उपलब्ध गराउने व्यवस्था लागु गर्न आवश्यक रहेको वरिष्ठ उपाध्यक्ष श्रेष्ठको भनाई छ ।

विगत २ दशकदेखि कार्टुन बक्स उद्योग संचालन गर्दै आएका सफल व्यवसायीहरु समेत अहिले संकट झेल्न बाध्य छन् । विगतमा ठुलो मात्रामा कार्टुन खपत गर्ने उद्योगमा समेत अहिले थोरै कार्टुन खपत हुँने कार्टुन व्यवसायीले बताएका छन् । जसले गर्दा कार्टुन क्षेत्रमा मात्र नभएर अन्य व्यवसायमा समेत तरलता संकट आएको हामीले सहजै आँकलन गर्न सकिन्छ ।

नेपाल कोरोगेटेड बक्स उत्पादक संघ
वरिष्ठ उपाध्यक्ष राजेश श्रेष्ठ

नाम चलेका उद्योगहरु विगतमा नगदमा कारोवार गर्दै आएका थिए । हाल प्रायः उधारोमा कारोवार हुने गरेको छ । वरिष्ठ उपाध्यक्ष राजेश श्रेष्ठले बागमती पेजलाई भने, उधारोमा कारोवार हुनु व्यवसायमा सामान्य कुरा हो । तर अहिले चाहेर पनि भनेको समयमा उद्योगले भुक्तानि दिन सक्ने अवस्था भने सहज छैन । यो दुःखको कुरा हो । करोडौं लगानी गरेको उद्योग सजिलै छाड्न पनि समस्या हुन्छ । यस्तै विभिन्न कारणले व्यापारमा लगानी बढ्दै गएको छ । नाफा नभए पनि हामी घाटाको व्यापार गर्न हामी बाध्य छौं । त्यसले गर्दा कागज कार्टुन बक्सा व्यापारबाट व्यवसायी पलायन हुँने स्थिति नेपालमा देखिन्छ । जसका कारण देशमा बेरोजगारीको स्थिति झन् भयावह हुने खतरा रहेको वरिष्ठ उपाध्यक्ष राजेश श्रेष्ठले बागमती पेजलाई बताए ।

सरकारले लिएको समृद्ध नेपाल, सुखी नेपालीको अवधारणा साकार पार्न उद्योगमैत्री ऐन, कानुन निर्माण हुनुपर्ने उनको भनाइ छ  । ५ अर्ब बढि लगानी रहेको कार्टुन बक्सा उद्योगमा १० हजार बढिले रोजगारी पाएका छन् । हेर्दा सानो देखिए पनि उद्योग संचालन गर्न सामान्य मनिसले सोचे जस्तो सहज छैन । १० औं हजार मानिस संलग्न रहेको कारण यो क्षेत्रलाई माथि उठाउने गरि सरकारले नीति-नियम आवश्यक रहेको धारणा व्यक्त गरे ।

साढे २ दशक बढि भारतका कार्टुन उद्योगमा पसिना बगाएर हाल नेपालमै चम्पादेवी प्रिन्टिङ एण्ड प्याकेजिङ प्रा.लि उद्योग संचालन गर्दै आएका भिम बहादर खत्री उद्योगीलाई सस्तो व्याजमा ऋण निद आवश्यक रहेको बताउछन् । देश बाहिरबाट ल्याउने कच्चा पदार्थमा सरकारले भन्सारमा छुट गरेमा मात्र उद्योगीलाई सहयोग पुग्ने उनको भनाई छ ।

बजारमा कच्चा पदार्थको अभाव र अस्वस्थ प्रतिस्पर्धाको कारण व्यवसाय संचलनमा कठिनाई आएको भन्दै उद्योगी खत्रीले भने- नेपाल भारतमा हुने रद्दि निकासीमा रोकथाम र चोरीबाटोबाट हुने अवैध काममा राज्यले कडाई गर्न आवश्यक छ ।

उद्योगका लागि सरकारले लागु गरेको विभिन्न नयाँ नियमले स्वरोजगारमूलक व्यापारमा नकारात्मक असर परेको समेत उनको भनाई छ  । ‘विभिन्न किसिमको झन्झटिलो नियम-कानुनले व्यवसायीसँग आश्रित परिवार पलायन हुनुपर्ने अवस्था सिर्जना हुँदै गएको छ,’ उद्योगी खत्रीले थपे, ‘सरकारले गम्भीरतापूर्वक उद्योगीलाई सहज ढंगले कारोबार गर्ने वातावरण बनाउनुपर्छ ।’

नेपालमा दक्ष प्राविधिक नहुनु र अस्वस्थ प्रतिश्पर्धाले विभिन्न कार्टुन उद्योगहरु बन्द गर्न समेत बाध्य हुनुपरेको स्थिति रहेको अनादि प्याकेजिङ प्रा.लि. का संचालकले बताए । विगत लामो समयदेखि संचालन गर्दै आएर हाल बन्द रहेका कार्टुन बक्सा उद्योगहरु :

  • गोल्खुआजु प्याकेजिङ प्रा.लि
  • इश्वर प्याकेजिङ प्रा.लि
  • इम्पेरियल प्याकेजिङ प्रा.लि
  • अनादि प्याकेजिङ प्रा.लि

आदी उमेर प्याकेजिङ क्षेत्रमै बिताएका दर्पण पिन्टिङ एण्ड प्याकेजिङ प्र.लि.का संचालक राजु पोखरेलले उद्योग सरकारी निकायमा दर्ता गर्ने क्रममा समेत दक्ष प्राविधिक नभएर सेवा मूलक उद्योग र उत्पादन मूलक उद्योग छुट्याउन नसकेको जिकिर गर्दछन् ।

संचालक पोखरेलले बागमती पेजसँग भने, ‘उपभोक्ताको विश्वास जितेर आफ्नो व्यवसाय सफल बनानउनुपर्ने व्यवसायीको प्रमुख उद्देश्य रहेको हुन्छ, सबै व्यवसायीले उपभोक्ताको हितलाई ध्यानमा राखी व्यवसाय सञ्चालन गर्न विशेष आग्रह गर्छु ।’