Logo

मेघनाथ पहाडी

चैत्र २२, २०७८ मंगलबार

सिन्धुलीका युवा नेता कुशल पोखरेल अध्यक्षमा सर्वसम्मत


सिन्धुली । सरकारले स्थानीय निर्वाचनको मिति घोषणा गरे संगै देशव्यापी रुपमा युवाहरुले आफ्नो नेतृत्व दावी गर्दै आएका छन् । गाएक देखि नायक तथा विद्यार्थी देखि सामाजिक अभियान्ताले समेत राजनीतिक आडमा उम्मेदवारी दिदैं आएका हुन् ।

विभिन्न स्थानीय तहमा भने पार्टीले आफ्ना उम्मेदवारहरु सर्वसम्मत छनौट गरेको छ । सिन्धुलीको फिक्कल गाउँपालिकाले समेत सहमति मार्फत उम्मेदवार छनौटको प्रक्रियालाई अगाडी बढाएको छ । यसै क्रममा फिक्कल गाउँपालिका-३ बाट युवा नेता कुशल पोखरेललाई सर्वसम्मत रुपमा उम्मेदवार छनोट गरेको हो ।

वडाका हरेक गतिविधिलाई अगाडी बढाउन युवा नेता पोखरेलले विगत देखि नै महत्वपूणर् भूमिका खेल्दै आएको स्थानीय नेताहरु बताउँछन् । सानो उमेरबाट विद्यार्थी राजनीतिमा चासो राख्दै आएका पोखरेल २०६६ सालमा नेपाल विद्यार्थी संघ सालघारी माध्यमिक विद्यालयको इकाई सभापति बनेका थिए ।

विद्यार्थी जीवनबाट राजनीतिमा प्रवेश गरेका युवा नेता पोखरेल २०७० सालमा नेपाल विद्यार्थी संघ सिन्धुलीको क्षेत्र नं. १ को क्षेत्रीय सभापति रहदा महत्वपूणर् योगदान पुर्याएका थिए । त्यसैगरी ०७० सालमा भएको संविधान सभा निर्वाचनमा विभिन्न गाउँ-बस्तिका घरदैलो अभियानमा सक्रियताकासाथ आफ्नो उपस्थिति जनाए ।

०७३ सालमा भएको स्थानीय तह र ०७४ सालमा भएको संघिय निर्वाचनमा प्रचार प्रसार देखि विभिन्न कमिटी गठन तथा योजना बनाउन समेत युवा नेता पोखरेलको महत्वपुणर् भूमिका रहेको नेताहरु बताउँछन् ।

विगत लामो समय देखि निरन्तर रुपमा पार्टीका काममा लागेका पोखरेल २०७८ सालमा भएको नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट नेपाली कांग्रेसको प्रदेश महाधिवेशन प्रतिनिधि बन्न सफल भएका थिए । यसै क्रममा सिन्धुली क्षेत्र नं. १ प्रदेश ख नेपाली कांग्रेस कार्यसमितिको कोषाध्याक्षको जिम्मेवारी पाए ।

समाज सेवामा उत्तिकै सक्रिय
विद्यार्थी जीवनबाटै राजनीतिमा होम्मियका युवा नेता कुशल पोखरेल समाजसेवामा समेत उत्तिकै सक्रिय रहेका छन् । ०७२ सालमा आएको विनासकारी भूकम्पबाट क्षती भएका घर परिवारलाई विभिन्न संघ संस्था मार्फत सहयोग गरेका थिए ।

त्यसैगरी शैक्षिक तथा अन्य आर्थिक अभाव भएका घरपरिवारलाई समेत खाद्यन्न लागायतका सामाग्री सहयोग गर्दै आएको युवा नेता कुशल पोखरेल बताउछन् । विश्व महामारीको रुपमा फैलिएको कोरोना कहरमा विभिन्न संघ संस्था मार्फत स्वास्थ्य सामग्री, खाद्यन्न, लगायतका राहत वितरण गरेका थिए ।