Logo

मेघनाथ पहाडी

चैत्र २७, २०७८ आईतबार

स्पष्ट भिजन सहित फिक्कल हाक्ने योजना छ : युवा नेता राजु बराल


काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिए सँगै प्रभावशाली जनप्रतिनिधि उठाएर आफ्नो पार्टी जिताउन विभिन्न दलहरु देशव्यापी अभियानमा जुटेका छन् ।

यसै क्रममा सिन्धुलीको फिक्कल गाउँपालिका अध्यक्षमा नेकपा एमालेको तर्फबाट युवा नेता राजु बरालले आफ्नो उम्मेदवारी दावी गरेका छन् । फिक्कल गाउँपालिका-५ काे वडाध्यक्ष भएर ५ वर्ष वडा नेतृत्वको अनुभव लिएर गाउँपालिका प्रवक्ताको समेत जिम्मेवारी सम्हाल्दै आएका युवा नेता बरालले आफ्नो उम्मेदवारी दावी गरेका हुन् ।

जिल्लाकै लोकप्रिय वडाध्यक्ष तथा युवा नेता राजु बराल फरक भिजन भएका प्रभावशाली नेताका रुपमा चिनिन्छन् । नेकपा एमाले जिल्ला कमिटी सदस्य रहेका बरालले विद्यार्थी जीवन देखि नै राजनीतिक यात्रा शुरु गरेका थिए ।

लामो समय सिन्धुली-काठकाडौं सम्पर्क मञ्चमा आवद्ध रहेका युवा नेता राजु बरालले सम्मपर्क मञ्चको सचिव समेत भएर काम गरिसकेको अनुभव छ ।

वडामा भएको अनुभवलाई फिक्कल गाउँपालिकाको समग्र विकासमा प्रयोग गर्दै जिल्ला तथा देशमै नमूना गाउँपालिका बनाउने ईच्छा रहेको उनको भनाई छ । हाल वडामा भएको विकास निर्माणमा वडावासी सन्तुष्ट रहेको बताउँदै फरक खालको योजना अनुसार फिक्कलाई नमुना गाउँपालिका बनाउने उनको मुख्य एजेण्डा रहेको छ ।