Logo

बागमती पेज

जेष्ठ १०, २०७९ मंगलबार

शिक्षकले दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्स कलेजका विद्यार्थी आन्दोलित


काठमाडौं । चाबहिलको सेन्ट लरेन्स कलेजका एक जना शिक्षकले दुर्व्यवहार गरेको भन्दै विद्यार्थी आन्दोलित भएका छन् ।

विद्यालयका एकजना शिक्षकले दुर्व्यवहार गरेको भन्दै विद्यार्थी आन्दोलित भएपछि अहिले प्रहरी त्यहाँ पुगेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी सुदीप गिरीले बताए ।

आन्दोलित विद्यार्थीले कलेज र शिक्षणविरुद्ध नारावाजी पनि गरेका छन् । ती शिक्षकले ‘आफूले भनेअनुसार गरे सहयोग गरिदिने भनेर गलत मनसायले भनेको’ विद्यार्थीहरुको आरोप छ ।

‘के भएको भन्नेबारे बुझ्नलाई अहिले अभिभावकसहित शिक्षकहरुबीच छलफल गराउँदैछौं’ एसएसपी गिरीले भने ।