Logo

बागमती पेज

जेष्ठ ११, २०७९ बुधबार

राष्ट्र बैंकको सञ्चालकमा शिवाकोटी र आचार्य नियुक्त


काठमाडौं । नेपाल राष्ट्र बैंकको सञ्चालकमा चिन्तामणि शिवाकोटी र शंकरप्रसाद आचार्य नियुक्त भएका छन् ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले शिवाकोटी र आचार्यलाई केन्द्रीय बैंकको सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

सञ्चालक शिवाकोटी राष्ट्र बैंकका निवर्तमान डेपुटी गभर्नर हुन् भने आचार्य राष्ट्र बैंककै पूर्व कार्यकारी निर्देशक हुन् । राष्ट्र बैंक सञ्चालक सदस्य डा.श्रीराम पौडेल र रामजी रेग्मीको पदावधि सकिएपछि गत वैशाखदेखि रिक्त रहेको पदमा शिवाकोटी र आचार्यलाई नियुक्त गरिएको हो ।