Logo

बागमती पेज

असार २९, २०७९ बुधबार

२० लाख रूपैयाँ सहित २ जना पक्राउ


काठमाडौं । पर्साको वीरगञ्जबाट मंगलबार राति स्रोत नखुलेको २० लाख रूपैयाँ सहित २ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयले वीरगञ्ज महानगरपालिका १६ रजतजयन्ती चोकबाट उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको मोतिहारीका २८ संजितकुमार र २८ वर्षीय अनुराज मिश्र छन् ।

बीआरओएसयू ३५०० नम्बरको मोटरसाइकलमा रहेका उनीहरूलाई जाँच गर्दा रकम बरामद भएको प्रहरीले जनाएको छ।