Logo

बागमती पेज

श्रावण १, २०७९ आईतबार

साउनमा मेहेन्दी उत्सव


काठमाडौँ । साउन महिनामा महिलाहरुले मेहन्दी लगाउने चलन छ । त्यसैगरी महिलाहरुले मेहेन्दीको साथसाथै हरियो र पहेलो रङ मिसायर पनि लागाउने गरेका छन् ।

त्यसैलाई ध्यानमा राखेर तनहँुमा मेहन्दी उत्सव मनाइएको छ । लियो क्लब अफ तनहुँ सत्यवति र लायन्स क्लब अफ तनहुँ सत्यवतिले महिलाहरुलाई मेहन्दी लगाइदिएका हुन् ।

लियो क्लब अफ तनहुँ सत्यवतिकी अध्यक्ष पूर्णिमा क्षेत्रीले आफूहरुले हरेक वर्ष मेहन्दी उत्सव गर्दै आएको बताइन् ।

उत्सवका अवसरमा तनहुँको व्यास नगरपालिका वडा नं. ३ स्थित अनसन चौतारीमा निशुल्क मेहन्दी लगाइएको हो ।