Logo

बागमती पेज

श्रावण ८, २०७९ आईतबार

एउटै रुखमा झुण्डिएको अवस्थामा ३ किशोरी मृत फेला


काठमाडौँ । झापाको कचनकवल गाउँपालिका–५ स्थित पठामारीमा ३ किशोरी एउटै रुखमा झुण्डिएको अवस्थामा मृत भेटिएका छन् ।

सुनकोशी चिया बगानमा कार्यरत ३ किशोरी झुण्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी बसन्त पाठकले बताए ।

पंचम गणेशकी १६ वर्षीया छोरी करिना, पुवालु गणेशकी १७ वर्षीया छोरी अञ्जली र वीरबल गणेशकी छोरी १६ वर्षीया कल्पना मृत अवस्थामा भेटिएका हुन् ।

उनीहरु बयरको रुखमा डोरीको पासोमा झुण्डिएको अवस्थामा फेला परेको र घटनाबारे अनुसन्धान भइरहेको डिएसपी पाठकले जानकारी दिए ।