Logo

भवानी कार्की

श्रावण १०, २०७९ मंगलबार

इतिहासकै महँगो अनुसन्धान, कहिले पत्ता लाग्ने निर्मला हत्या प्रकरण


काठमाडौँ । आज साउन १० अर्थात् १३ वर्षीय किशोरी निर्मला पन्तको बलात्कार पछि हत्या भएको दिन । २०७५ साल साउन १० गते महेन्द्रनगरकी पन्त घर नजिकैको उखुबारीमा साउन ११ गते मृत फेला परेकी थिइन् । उनको पोस्टमार्टम रिपोर्टमा बलात्कार पछि घाँटी थिचेर हत्या भएको पाइएको थियो ।

२०७५ साल साउन १० मा भएको उक्त घटना आज साउन १० गते मङलबार ४ वर्ष पुगेको छ । तर विडम्बना घटना भएको ४ वर्ष वितिसक्दापनि अपराधी भने पत्ता लागेको छैन । 

यो कहाँको न्याय हो ? अहिलेसम्म कहाँ चुकेको छ प्रहरी प्रशासन ? निर्मला पन्त हत्याको अनुसन्धान इतिहासकै महँगो अनुसन्धान बन्न्न पुगेको छ । आपराधि पत्ता नलागेको हो की पत्ता लगाएर पनि सार्वजनिक नभएको भन्ने तथ्य अझै बुझिएको छैन । यदी ४ वर्षसम्म पनि अपराधी पत्ता नलाग्नु र अपराधी थाह भएर पनि सार्वजनिक गर्न नसक्नु  प्रहरी प्रशासनको लागि लज्जाको विषय हो ।

नेपाल प्रहरीले धेरै जनशक्ति र धनराशिको खर्च गरे पनि अपराधीको गुत्थी केलाउन असफल नै छ । आखिर किन ?

नेपाल प्रहरीले निर्माला हत्याका अपराधी हुन् भन्दै अनेकौँ व्यक्तिहरुलाई अनुसन्धान नगरेको पनि होइन तर कोहीबाट पनि निचोड नआएपछि अन्ततः ती व्याक्तिहरुलाई प्रहरीले छोडेको थियो । 

यस घटनालाई गम्भीर भएर सोच्दा काँही कतै प्रहरीले नै अपराधीलाई लुकाएको त होइन भन्ने शँका पनि गर्न सकिन्छ । अनुसन्धानका क्रममा मानिसिक रोगी देखी ठुला व्यक्ति लगायत प्रहरी जवन समेत परेका थिए । घट्नामा प्रहरीकै संलग्नता रहेको भनेर पनि हल्ला आएको थियो तर जे जति नै अनुसन्धान गरे पनि अपराधीको गुत्थी भने केलाउन सकिएको छैन । 

निर्मला पन्तको हत्या प्रकरण अनुसन्धान इतिहासकै महँगो बनेको छ । हत्याको अनुसन्धानमा ३ वर्षदेखि सीआइबीको टोली लागिपरेको छ । तिन वर्षदेखि केन्द्रीय अनुशनधान विभाग सीआइबीको टोली घटना स्थल चाहरी रहेको छ । 

यसरी बलात्कार जस्ता जघन्य अपराधका अपरधिहरु पत्ता नलाग्दा र सार्वजनिक हुन नसक्दा यस्ता हिंसामा परेका अन्य निर्मलाहरूको आशा निराश भएको छ । बलात्कारीलाई कानुनी कठघरामा उभ्याउन नसक्नु प्रहरी प्रशासनको कमजोरी हो । प्रहरी प्रशासनको यस्तो लापरबाहीको कारण अपराधीलाई अपराध गर्न झन् हौसला मिल्दै गएको छ । 

निर्मला पन्तको हत्या पश्चात् कैयौँ निर्मलाहरूको बलात्कार पछि हत्या भएको छ । प्रहरी प्रशासनको यस्तो फितलो कानुनी व्यवस्थाका कारण अझै कति निर्मलाहरूले यसरी नै ज्यान गुमाउनु पर्ने हो निश्चित छैन ।