काठमाडौँ । झापाका एक युवकले संकटापन्न प्रजातिमा सूचीकृत सुन गोहोरो मारेर समाजिक सञ्जाल फेसबुकमा तस्वीर पोस्ट गरेका छन् ।
झापाका मनोज चिमरियाले रक्ताम्मे सुन गोहोरलाई समातेको एउटा र सुन गोहोरोको मात्र दुईवटा गरी ३ वटा तस्वीर पोस्ट गर्दै लेखेका छन्, ‘हल्का शिकार गरियो सुन गोहोरो ।’
सुन गोहोरो साईटीस महासन्धि १९७५ तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को अनुसूची १ मा संरक्षित सूचीमा छ।
नेपालसहित बंगलादेश, भारत, पाकिस्तान र भुटानमा मात्रै पाइने सुन गोहोरोलाई इन्टरनेशनल युनियन फर कन्जरभेसन अफ नेचर आईयूसीएनले संकटापन्न प्रजातिको रातो सूचीमा राखेको छ ।
प्रतिक्रिया दिनुहोस्