काठमाडौं । काठमाडौं महागरपालिकाका मेयर बालेन साह शुक्रबार डोजर लिएर त्रिपुरेश्वरस्थित राहदानी विभाग हिडेका छन् ।
बिहीबार नयाँ बानेश्वर क्षेत्रमा रहेको अवैध संरचनाहरु हटाएका मेयर बालेन शुक्रबार भने राहदानी विभाग हिँडेको उनको सचिवालयले जनाएको छ ।
३५ दिने सूचना जारी गरेको महानगरले त्यसको कार्यान्वयन नभएपछि डोजर चलाउन थालेको छ । मेयर बालेन्द्र साह (बालेन)आफैं फिल्डमा खटिएर भत्काउन निर्देशन दिइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्