Logo

बागमती पेज

भाद्र ३१, २०७९ शुक्रबार

सिन्धुलीमा चारवटा बाघको आक्रमण ! स्थानीय त्रसित…


काठमाडौँ । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा चारवटा पाटे बाघ देखापरेका छन्। बाघले स्थानीयको चौपायासमेत मारेर खान थालेपछि स्थानीय त्रसित भएका छन्।

गाउँपालिकाको २ र ३ नम्बर वडास्थित जंगल र बस्तीमा डुल्ने ती बाघले चारवटा बाख्रा र आधा दर्जन बढी घरपालुवा कुकुर बाघले खाइसकेका छन्। बाघले मान्छेलाई आक्रमण गर्नसक्ने भन्दै त्रास बढेको हो ।

बाघ केही दिनदेखि लगातार देखिएका छन्। दिनभर जंगलमा बस्ने बाघहरू साँझ परेपछि बस्तीमा छिर्ने गरेका छन्। रातको समयमा आएर गाउँमा खसी बाख्रा, कुकुरमाथि आक्रमण गर्ने गरेका छन्।

समूहमा रहेका ती बाघहरू दिउँसोको समयमा पनि बस्ती नजिकै घुम्ने गरेका छन्। चारवटै बाघ वयस्क छन्। ती बाघहरू मान्छेको समूहसँग समेत नडराई आक्रमक अवस्थामा बस्तीमा छिर्ने गरेका छन्।