Logo

बागमती पेज

आश्विन ९, २०७९ आईतबार

बूढानीलकण्ठका सात स्थानमाघरवास सेवा


काठमाडौँ । बूढानीलकण्ठ नगरपालिकाका विभिन्न ७ स्थानमा ‘होमस्टे’  (घरवास सेवा) सञ्चालन गरिने भएको छ । आन्तरिक तथा बाह्य पर्यटक लोभ्याउन सम्भावित ठाँउमा होमस्टे संचालन गर्ने निती नगरपालिकाले लिएको हो ।

नगरले चालु आव ०७९/८० को निती तथा कार्यक्रममा नगर भित्रका वडा नं १ तौलुङ, ३ ठुलोगाउँ, ५ स्थित डाँडागाउँ, चिसिनी, लिपिकोट, ११ जगडोल र वडा नं १३ मा रहेको चुनिखेल लगायतका ठाउँमा होमस्टे संचालनका लागि स्थानीयलाई प्रोत्साहन गरिने उल्लेख छ ।

नगरपालिका भित्र आन्तरिक तथा बाह्य पर्यकट भित्र्याउन व्यवसाय प्रवद्र्धनमा टेवा पु¥याउन नगरले होमस्टे संचालनको योजना ल्याएको नगर प्रमुख मिठाराम अधिकारीले बताएका छन् उनले भने, होमस्टे सेवा नगर भित्रका केही ठाउँमा संचालनमा आएका छन् उहाँहरुलाई प्रोत्साहन गर्न अन्य स्थानमा होमस्टे संचालन गरेर धेरैभन्दा धेरै पर्यकट भित्र्याउन योजना अगाडी बढाएका हौँ

बूढानीलकण्ठ शहर देखि गाउँसम्म फैलिएको स्थानीय तह हो यहाँका कतिपय ग्रामिण बस्तिमा विषाधि रहित जैविक उत्पादन पाइन्छ अर्गानिक परिकारको स्वादमा रम्ने शहर नजिकैका गाउँघर घुम्नेको संख्या बढेको बुनपा का वडासदस्य हेप्सिवा तामाङको भनाई नगरले होमस्टेको योजना अघिसार्दा मात्र होईन यहाँ व्यवसाय संचालन गर्ने व्यवसायीहरु उत्साहित बनेका छन्

नगर उपप्रमुख अनिता लामाले संचालनमा रहेका विभिन्न व्यवसाय प्रवद्र्धन गर्नको लागि यस किसिमको योजना अघि सारेको बताएकी छन् उनले भनिन्, नगर भित्रका विभिन्न पर्यटकिय स्थलको प्रचार गर्न रोजगारीको अवसर नगरभित्रै जुटाउन हामीले होमस्टे अभियान अगाडी सारेका हौं होमस्टे संचालनमा आएपछि स्थानीयको आम्दानिमा थप सहयोग पुग्ने हामीले विश्वास लिएका छौं

डाँडागाउँ तथा चिसिनी लगायतका होमस्टे पुगेपछि त्यहाँको चिसो मौसमसँगै काठमाडौँको मनोरम दृष्य अवलोकन गर्न सकिन्छ काठमाडौँको सुन्दरता हेर्दै सफा वातावरणमा विभिन्न लोकल खानेकुराहरु समेत पाईने हुँदा पर्यटकको आकर्षण बढ्न थालेको डाँडागाउँका होमस्टे व्यवस्थापक दोर्जे तामाङको भनाई

स्थानीयले सञ्चालन गर्ने घरवास सेवा प्रवद्र्धनकालागि नगरपालिकाले समेत योजना ल्याएपछि व्यवसायीहरु उत्साहित भएका छन् नगरले यस अभियान थालनी गर्ने भएपछि व्यवसायमा थप आम्दानी हुने विश्वास रहेको बूढानीलकण्ठ डाँडागाउमा होमस्टे संचालन गर्दै आएकी देवकी तामाङले बताईन् 

सहर भित्रका ग्रामीण क्षेत्र भ्रमणमा जाने पर्यटकका लागि स्थानीय खाना परिकार, रहन सहनसहित घरघरमा खाने, बस्ने व्यवस्था होमस्टे हो यसलाई परम्परागत संस्कृतिको आधुनिक रुप पनि मान्न सकिन्छ