Logo

बागमती पेज

आश्विन १०, २०७९ सोमबार

मनास्लु आधार शिविरमा हिमपहिरो, पर्यटक बेपत्ता


काठमाडौँ । गोरखाको मनास्लु हिमालको आधार शिविरमा हिम पहिरो गएको छ ।

चुमनुब्री गाउँपालिका १ मा स्थित मनास्लु हिमालको आधार शिविरमा पहिरो जाँदा केही पर्यटक बेपत्ता भएको खबर आएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले जानकरी दिए । यद्यपि मानवीय क्षति पुष्टि नभएको र प्रहरी घटनास्थलमा गइरहेको उनले बताए ।

पर्यटन विभागले पनि हिम पहिरो गएको पुष्टि गरेको छ । मनासलु हिमाल आरोहण गर्न गएका विदेशी र उनीहरुका सहयोगी नेपालीहरु मनासलु आधार शिविरमा छन् । स्रोतका अनुसार ३/४ वटा ट्रेकिङ कम्पनीको टोली आधार शिविर पुगेको छ ।

पर्यटकको उद्दारका लागि सिम्रिक एयरको ९ एनटी एजेजेड कल साइनको हेलिकप्टर आधार शिविरमा अवतरण भइसकेको र अर्को हेलिकप्टर तयारी अवस्थामा रहेको सिम्रिक एयर स्रोतले जानकारी दिएको छ ।