काठमाडौं । बाम लोकतान्त्रिक गठबन्धनवाट उम्मेदवार बनेका कांग्रेस केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले दोलखामा गठबन्धनका उम्मेदवारको जित सुनिश्चित रहेको दावी गरेका छन्।
दोलखा प्रदेश सभा ‘क’ मा उम्मेदवार बनेका काफ्लेले गठबन्धनका दलहरु एकतावद्ध भएर चुनावमा होमिने र मंसिर ४ गते दोलखाको जनमत गठबन्धनको पक्षमा उत्रिने बताए ।
स्थानीय तहवाट दोलखामा पहिलो र दोश्रो शक्ति बनेको नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र तथा नेकपा एकिकृत समाजवादी समेतको मत जोड्दा गठबन्धनको पक्षमा दोब्बर मत हुने उनको दावी छ ।
दोलखाको राजनीतिक इतिहासमा नेकपा एमालेले लामो समय शासन गर्दा समेत जिल्लाको विकास र जनताको पक्षमा ठोस उपलव्धि हुन नसकेको भन्दै उम्मेदवार काफ्लेले एमालेको जनमत दिनप्रति दिन खस्किदै गएको बताए ।
दोलखामा बामगठबन्धनवाट राजनीतिमा खारिएका पुराना नेता र युवा पुस्ताको नेतृत्वलाई समायोजन गरेर उम्मेदवारी दर्ता भएपछि जिल्लावासीमा नयाँ उत्साह छाएको उनको भनाई छ ।
पूर्वाधार विकास र सामाजिक विकासले दोलखालाई नमूना बनाउने र जनताको जीवनस्तरलाई माथि उठाउनु गठबन्धनको मुख्य उद्धेस्य र लक्ष्य रहेको काफ्लेले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्