Logo

बागमती पेज

कार्तिक ४, २०७९ शुक्रबार

५ वर्षमा १० अर्ब बजेट ल्याउने अम्बिरबाबु गुरुङ पुन: चुनावी मैदानमा


काठमाडौँ । पूर्वमन्त्री तथा प्रदेशसभाका निवर्तमान सांसद अम्बिरबाबु गुरुङले ५ वर्षमा ओखलढुंगाको विकासमा आमूल परिवर्तन गर्न सफल भएका छन् । २०७४ मंसिरमा सम्पन्न निर्वाचनबाट प्रदेशसभामा निर्वाचित गुरुङले आफ्नो ५ वर्षे कार्यकालमा जिल्लामा विभिन्न विकासका आयोजनाका लागि १० अर्ब बजेट जिल्लामा ल्याउन सफल भएका हुन् ।

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री समेत भएका गुरुङले पूर्वाधार विकासका क्षेत्रमा जिल्लामा हालसम्म सबैभन्दा बढी बजेट ल्याएका छन् ।

आफ्नो निर्वाचन क्षेत्रभित्रका सबै वडालाई कालोपत्रेसहितको उच्चस्तरिय रिङरोडले जोड्ने महत्वकांक्षी योजनाबाट काम सुरु गरेका गुरुङले पूर्वाधार विकास, खानेपानी, सिंचाई, सहरी विकास तथा आवास, पर्यटन तथा खेलकुद र विद्युतीकरण लगायतका शिर्षकमा जिल्लामा बजेट ल्याए ।

सडक पूर्वाधार विकास अन्तरगत सडक निर्माण र मोटरेवल पुल तर्फ २८ वटा योजनाका लागि ६ अर्ब ८० करोड ४ लाख ५० हजार बजेट आएको छ । झोलुङगे पुल तर्फ जिल्ला भरी १५ वटा योजना पूर्वमन्त्री गुरुङले अघि सारेका छन् । त्यसका लागि १८ करोड बजेट ल्याएको थियो । अधिकांश पुल निर्माणको चरणमा छन् ।

सहरी विकास तथा आवास तर्फ ६१ करोड १० लाख बजेट ल्याइएको छ । उक्त बजेटबाट जिल्लाका विभिन्न ठाउँमा एकिकृत बस्ति विकास तथा भवन निर्माण र ढल निर्माणका काम भईरहेका छन् ।

पूर्वमन्त्री गुरुङले जनता आवास कार्यक्रम मार्फत निर्वाचन क्षेत्र नं १ अन्र्तगत सिद्धिचरण नगरपालिका, चिशंखुगढी, मानेभन्ज्याङ्ग र खिजिदेम्बा गाउँपालिकामा १९१ वटा घरवार विहिन गरिब जनताका घर निर्माण गरिदिएका छन् ।

गुरुङको कार्यकालमा खानेपानी तथा सिंचाईका ४६ वटा योजना सञ्चालन भएका छन् । ति योजना सञ्चालनका लागि ५३ करोड ५४ लाख बजेट आएको छ । सुख्खाग्रस्त क्षेत्रमा सिंचाइको माग भए अनुसार निर्वाचन क्षेत्रका सबै पालिकामा सिंचाइ र खानेपानीका आयोजना गुरुङले पु¥याएका छन् ।

पर्यटन तथा खेलकुदको शिर्षकमा गुरुङले जिल्लामा ११ करोड ५७ लाख बजेट ल्याएका छन् । जिल्लाका मुख्य पर्यटकीय क्षेत्रमा पूर्वाधार विकासका काम भईरहेका छन् ।

विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० बनाएर ठेक्का प्रकृयामा ५ वर्षको अवधिमा ८ अर्ब २३ करोड ७३ लाख ५० हजार बजेटको भौतिक पूर्वाधार निर्माणका काम भएका छन् । अधिकांश आयोजना निर्माणाधिन अवस्थामा छन् ।

संघ सरकार र विद्युत प्राधिकरणको समन्वयमा जिल्लामा विद्युतीकरणको लागि गुरुङको कार्यकालमा डेढ अर्व बजेट जिल्ला आएको छ । ठेक्का प्रकृया मार्फत विद्यतिकरण मार्फत काम सुरु हुने चरणमा छ ।

गुरुङले संसद् विकास कोष मार्फत निर्वाचन क्षेत्रका ४ वटै स्थानीय तहमा ५ करोडको काम गरेका छन् ।

जिल्लामा यातायात कार्यालय स्थापना, मनमोहन विश्व विद्यालयको आंगिक क्याम्पस स्थापनाका लागि प्रकृया थालनी र एयरएम्बुलेन्स, अक्सिजन प्लान्ट स्थापना लगायतका काम गुरुङको पहलमा भएका छन् ।