Logo

बागमती पेज

कार्तिक ६, २०७९ आईतबार

अबको आन्दोलन विकासको आन्दोलन हुनेछ : उम्मेदवार कुन्दन काफ्ले


काठमाडौँ । आसन्न मंसिर ४ मा हुने निर्वाचनमा प्रदेशसभा १ दोलखाबाट गठबन्धनका उम्मेदवार कुन्दन काफ्लेले अवको आन्दोलन समृद्ध विकासको आन्दोलन हुने बताएका छन् । गठबन्धनको वृहत चुनावी सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।

उम्मेदवार काफ्लेले अव राजनीतिक लडाईको अन्त्य गरी जिल्लालाई समृद्ध बनाउन तर्फ गठबन्धन लागि पर्ने बताए । यदि आन्दोलननै गर्नुपरे  शिक्षा, स्वास्थ्य र रोजगारको आन्दोल हुनेछ । विभिन्न जात, धर्म र भुगोलका नागरिकलाई संरक्षण गर्दे अगाडी बड्ने खालको आन्दोलन हुने धारणा व्यक्त गरे ।

नेता काफ्लेले भने, “राजनीतिक लडाईका कारण हामीले बनाएको संविधान र गणतन्त्रको बारम्बार अपमान भएको छ । अव गठबन्धनले ठुलो उपलब्धि हासिल गर्नुपर्ने छ । त्यही उपलब्धी हासिल गर्नका लागि हाम्रो गठबन्धन हो । अरु देश यस्तो उस्तो भनेर गुनगान गाउनुभन्दा नेपाल सामाजिक, संस्कृतिक, रानीतिक तथा भौगोलिक हिसावले भरिपुर्ण देश हो भनेर अव गठबन्धनको सरकारले चिनाउने छ ।”

कार्यक्रमा काफ्लेले दोलखाको विकास निर्माणका कार्यमा आफु सदैव लागि पर्ने बताए । दोलखा धेरै हाइड्रो पावरको सम्भावना बोकेको जिल्ला भएका कारण हाइड्रोको स्तरउन्नतीका लागि केन्द्र र प्रदेश सम्म पुगेर लडाइ गर्ने बताए ।

उनले भने, “विगतदेखी चर्चामा रहेको अपर तामाकोशीको क्षमता कति हो अपर तामाकोशीको स्थापना कालदेखी पार्टी नेतृत्वमा को–को हुनुहुन्छ । अपर तामाकोशीको लगानी कति हो र अहिले कति पुग्यो लगायतका कुराको जानाकारी हामीले हरेक नागरिकलाई गराउने छौँ ।”

दोलखामा एमालेले दोलखामा धेरै झुटको खेती गर्यो । विकास निर्माणका काम गर्ने भन्दै एकछत्र राजनीति गर्यो, अव एमालेले गरेको एकछत्र राज र विकास निर्माणका काममा भएका हरेक भ्रष्ट्राचारको उन्मुलन गर्नकालागि गठबन्धन लागि परेको छ ।

दोलखाको राजनीतिक इतिहासमा नेकपा एमालेले लामो समय शासन गर्दा समेत जिल्लाको विकास र जनताको पक्षमा केही उपलव्धि हुन नसकेकोमा समेत काफ्लेले आपती जनाए ।