Logo

बागमती पेज

कार्तिक ७, २०७९ सोमबार

सम्बन्ध विच्छेदको प्रक्रियामा ‘जेरी’ ‘शङ्कर’, सहमतिमै सम्बन्ध टुङ्ग्याउन लागेको खुलासा


काठमाडौं । सम्बन्धविच्छेदको प्रक्रियामा रहेका दोहोरी गायिका बबिता बानिया ‘जेरी’ ले श्रीमान ‘शंकर’ क्षेत्री सँग वर्थ डे सेलिब्रेसन गरेकी छन्।

जेरी र शंकरको काठमाडौं जिल्ला अदालतमा सम्वन्धविच्छेदको प्रक्रिया अघि बढी रहको छ । जन्मदिनको अवसरमा उनिहरुकै जुनकिरी रोधी क्लबमा जन्मदिन समारोह आयोजना गरिएको थियो । जेरीले जन्मदिनको पहिलो केक शंकरलाई नै खुवाइन् । अनि, शंकरले पनि जेरीलाई खुवाए । तर, सम्बन्धविच्छेदको प्रसंगका कारण जन्मदिनको समारोह समग्ररूपमा भावुक बनेको थियो ।

जेरी र शंकरले सञ्चारमाध्यमसँग कुरा गर्दै अहिलेसम्म सम्बन्धविच्छेद नभइसकेको बताए । दुवैले आपसी समझदारी र सहमतिमै सम्बन्ध टुंग्याउन लागेको बताए । यद्यपि, सम्बन्धविच्छेदका लागि जेरीभन्दा शंकरको बढी रुची रहेको सो वार्तालापबाट बुझ्न सकिन्थ्यो ।

सञ्चारमाध्यमसँग कुरा गर्दै जेरीले भनिन्, ‘ डिभोर्सको चाहना मेरोभन्दा उहाँ (श्रीमान्) को बढी हो । डिभोर्स हुँदा मजति उहाँ दुख हुनुहुन्न होला । उहाँको अरु इच्छा पूरा गरिदिन नसके पनि यो इच्छा समयमै पूरा गरिदिन्छु भनेर अघि बढेको हो । समयले नै त्यसरी अगाडि बढाइसकेपछि आत्मसात गर्न सक्नुपर्दोरहेछ ।’

सम्बन्धविच्छेको समाचार फैलिएसँगै खासगरि शंकरमाथि नकारात्मक प्रतिक्रियाहरू आइरहेका छन् । जेरीले यसलाई लिएर दुख व्यक्त गरिन् । आपसी समझदारीमा नै सम्बन्धलाई पूर्णविराम दिन लागिएकाले शंकरमाथि कुनै पनि नकारात्मक टिप्पणी नगर्ने दर्शकहरूलाई आग्रह गरेकी छन् ।

जेरी र शंकर सम्बन्धविच्छेद टुंग्याउनका लागि बिहिबार अदालत गएका थिए । तर, एउटा सानो भाषिक व्यहोरा नमिलेर उनीहरूले सम्बन्धविच्छेदमा हस्ताक्षर गर्न पाएनन् । अदालतले हिजो आइतबार बोलाएको थियो । तर, आइतबार आफ्नो जन्मदिन परेकाले अदालत नगएको जेरीले बताइन् ।

उनले शंकरलाई गाली नगर्न समेत आग्रह गरेकी छन् । सत्यतथ्य नबुझी गालीगलौज नगर्न आग्रह गर्दे शंकरको सुखी र खुसी जिवनको कामना गरिन् ।

जेरी र शंकरको एक छोरी पनि छिन् । सम्बन्धविच्छेद प्रश्चात छोरी आमासँगै रहने सहमती भएको समेत जेरीले बताइन् । जेरी भन्छिन् , ‘हामीले सँगै बिताएका क्षणहरू कहिल्यै भुल्न सक्दिन ।’

सामाजिक सञ्जालम जेरी र शंकर छुट्नुहुन्न भन्ने धेरै प्रतिकृया आएपनि उनिहरुले दर्शक स्रोताको यो चाहान पुरा गर्न नसक्ने समेत बताएका छन् ।