Logo

बागमती पेज

कार्तिक १५, २०७९ मंगलबार

समाजवादीका प्रभावशाली नेता कृष्णहरी थापा एमालेमा फर्किए


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका प्रभावशाली नेता कृष्णहरी थापा नेकपा एमालेमा फर्किएका छन् ।

कागेश्वरी मनोहरा नगरपालिकाका प्रथम नगर प्रमुख समेत रहेका थापाले आफ्नो सामाजिक संजालबाट नेकपा एमालेको चुनावी अभियानमा सक्रिय बनेको बताएका छन् ।

काठमाडौँ क्षेत्र नं २ को संगठन निर्माण र विस्तारमा लामो समयदेखी सक्रिय रहेका थापाले गठबन्धनवादी सोच र शैलीले राजनीतिलाई राम्रो बाटोमा नलैजाने भन्दै कार्तिक १५ गतेका दिन देखि नेकपा एमालेको प्रचारमा लागेको जानकारी दिएका हुन् ।

विगतमा नगर प्रमुख रहेको समयमा कागेश्वरी मनोहराको पूर्वाधार, स्वास्थ्य र सामाजिक विकासमा महत्वपूर्ण विकास गरेर चर्चा कमाएका थापाको पार्टी प्रवेशले नेकपा एमालले क्षेत्र नं २ मा निकै सहयोग पुग्ने विस्वास व्यक्त गरिएको छ ।