Logo

बागमती पेज

मंसिर ३, २०७९ शनिबार

निर्वाचन बहिष्कारको मागसहित आयोगको कार्यालय अगाडि नाराबाजी, ६ जना पक्राउ


काठमाडौँ । नेकपा (क्रान्तिकारी माओवादी) निकट नेता कार्यकर्ताहरुले निर्वाचन बहिस्कारको माग गर्दै निर्वाचन आयोग अगाडि प्रदर्शन गरेका छन् ।

निर्वाचन आयोगको केन्द्रीय कार्यालय, बहादुर भवन अगाडि भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । १५, २० जनाको समूहले निर्वाचन बहिष्कार गरौँ भन्दै नाराबाजी गरेका थिए ।

उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसपी सीताराम रिजालका अनुसार सो क्रममा ६ जनालाई पक्राउ गरि प्रहरी परिसर कार्यालय दरबारमार्गमा राखिएको छ ।

नेकपा (क्रान्तिकारी माओवादी), नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी पार्टीलयागतले आम निर्वाचन बहिस्कार गर्दै आएका छन् ।