Logo

भवानी कार्की

मंसिर १६, २०७९ शुक्रबार

दोलखा मतगणना : माओवादीका उम्मेदवार कार्कीको अग्रता कायमै


दोलखा । दोलखामा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादीका उम्मेदवार गङ्गा कार्कीको अग्रता कायमै छ।

पछिल्लो मतपरिणामअनुसार ९ हजार ७ मत गन्दा गठबन्धनबाट (माओवादी केन्द्र) उम्मेदवार गंगा कार्कीले ५ हजार ३५ मत पाएका छन् ।

एमालेका बालकृष्ण शिवाकोटीले २९२८ मत प्राप्त गरेका छन् । दोलखामा अहिले मतगणना जारी छ ।

दोलखाको १० मतदान केन्द्रमा बिहीबार पुनः मतदान भएको थियो । यहाँ १४ राजनीतिक दलका र सात स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए ।

दोलखामा मंसिर ४ र १५ गते भएको निर्वाचनमा ८५ हजार ८ सय ३३ मत खसेको थियो ।