सुत्केरी भएपछि महिलाहरूले धेरै परिवर्तनबाट गुज्रनु पर्छ । यति बेला महिलाले आफ्नो स्वास्थ्यका साथै शिशुको स्वास्थ्यमा पनि ध्यान दिनुपर्छ । आमाको दूधले शिशुको शरीरमा एन्टीबडीको निर्माण हुन्छ ।
यसका कारण बच्चा एलर्जी, दम र अन्य सङ्क्रमित रोगबाट सुरक्षित हुने गर्छ । केही महिलाको शिशुका लागि पर्याप्त आउँदैन । यस्तोमा महिला आफ्नो डाइटमा परिवर्तन गरेर यो समस्यालाई कम गर्न सक्छन् । यति बेला महिलालाई पर्याप्त पोषणको आवश्यकता हुन्छ । पौष्टिक तत्त्वले सुत्केरीलाई छिटो निकोसमेत पार्ने गर्छ । महिलाले के खाँदा दूध बढाउन सक्छन् भन्नेबारे जानकारी लिऔँ ।
आहारमा फलफूल समावेश गर्नुहोस्:
फलफूलले शरीरको आवश्यकता पूरा गर्न महत्त्वपूर्ण भूमिका खेल्छ । अमिलो फल बाहेक महिलाले स्याउ, केरा, आँप, अनार, मेवालगायतका फलफूललाई आहारमा समावेश गर्नुपर्छ । जसका कारण सुत्केरी महिलाले पर्याप्त पोषण पाउँछन् र यसले दूध पनि बढ्ने गर्छ ।
हरियो सागसब्जी खानुहोस्:
स्तनपान गराउने महिलाले आफ्नो आहारमा हरियो सागपात समावेश गर्नुपर्छ । हरियो सागपातमा आइरन, फोलेट, क्याल्सियम र अन्य पोषक तत्त्व पाइन्छ, जसले महिलाको दूध बढाउँछ । सुत्केरी महिलाहरूले आफ्नो दैनिक आहारमा एक पटक हरियो सागपात समावेश गर्नुपर्छ ।
गाजर:
गाजरमा भिटामिन ए र अन्य पोषक तत्त्व पाइन्छ । जसले महिलाको दूध बढाउनुका साथै दूधको गुणस्तर बढाउन मद्दत गर्छ । यो बजारमा सजिलै पाइन्छ पनि । महिलाहरूले यसलाई सलाद वा तरकारीमा मिसाएर आहारमा समावेश गर्न सक्छन् ।
दूध:
स्तनपान गराउने महिलाले दूध पिउनुपर्छ । विशेष गरी गाईको दूधमा फोलिक एसिड, हेल्दी फ्याट र क्याल्सियम जस्ता पौष्टिक तत्त्व पाइन्छ । नियमित गाईको दूध पिउने महिलाहरूको शरीरमा दूध बनाउने प्रक्रिया छिटो हुन्छ र उनीहरुले यस्तो समस्याको सामना गर्नु पर्दैन ।
सौंफ प्रयोग गर्नुहोस्:
सौंफको प्रयोगले महिलाको दूध बढाउन सकिन्छ । यसका साथै सौंफको नियमित सेवनले महिलामा ग्यास, पेट फुल्ने र पेट दुख्ने समस्या हुँदैन । महिलाहरूले राति एक चम्चासौंफपानीमा भिजाएर राख्नुहोस् र बिहान यसलाई उमालेर चियाको रूपमा पनि पिउन सकिन्छ ।
यी चीजहरू स्तनपान गराउने महिलाको आहारमा समावेश गर्नुपर्छ:
जुन महिलाको बच्चालाई पुग्ने गरी दूध आउँदैन उनीहरुले आफ्नो खानामा ओट मिल, सोया, तिल, मेथीको दाना, जौ, ब्राउन राइस, सख्खर खण्ड, बदाम, नट्स वा चुकन्दर आदि समावेश गर्नुपर्छ । – एजेन्सी
प्रतिक्रिया दिनुहोस्