Logo

बागमती पेज

माघ १९, २०७९ बिहीबार

महिला नेतृत्वलाई कमजोर ठान्नु हुँदैन


काठमाडौँ । विगतमा विभिन्न समाजिक कामहरु गर्दै आएकाले मेरो त्यती लामो राजनीतिक यात्रा छैन । ०७४ सालको स्थानीय निर्वाचनमा टोखा नगरपालिका वडा नम्बर ६ को वडा सदस्यको रुपमा उम्मेदवारी दिएकी थिए, मलाई वडावासीले निर्वाचित गराउनुभयो । पाँच वर्षको कार्यकालमा धेरै काम सिक्ने मौका पाएँ । कतिपय कामहरु अध्यक्ष ज्युले मेरै नेतृत्वमा सुम्पिनुभयो । जसकारण वडाका समस्या, समाधानका उपाय लगायत अन्य गतिविधी छुट्याउने मौका मिल्यो ।

वडा सदस्य प्राप्त गरेको हकमा नै धैरै कामहरु सम्हाल्न सके भने वडाध्यक्षको नेतृत्व किन नलिने, एकखालको इच्छाशक्ती जागेर आयो । ०७९ बैशाख ३० को स्थानीय निर्वाचनमा वडा अध्याक्षमा दावी गरे र निर्वातिच भएर फेरी पनि समाजसेवा गर्ने यो सुवर्ण अवसर मिलेको छ ।

निर्वाचित भए पश्चात वडाको नीति तथा योजना बानाउने काममा व्यस्त भयौँ । बीचमा संघ तथा प्रदेश सभाको निर्वाचनले अलमल गरायो । अहिले पूर्वाधार विकासलाई नै प्रथामिकतामा राखेर काम गर्दे छौँ ।

तर समाजमा पूर्वाधार भन्ने वित्तिकै अहिलेपनि महिलाले काम गर्न नसक्ने हुन् कि, काम गर्न नआउने पो होकी भन्ने लागेको रहेछ । कुनैपनि काम एक्लैले सम्भव नहुने हुुँदा यसमा मेरो एकल स्वामित्व रहन्न । सम्वन्धित प्राविधिकहरु हुनुहुन्छ, उहाँहरुसँग समन्वय गरेर काम गर्न सकिन्छ । नगरपालिकासँग परामर्श गरेर काम गर्न सकिन्छ । तर सरसरती हेर्दा यो महिला हो, पूर्वाधार विकासका काम सम्हाल्न सक्दिन भन्ने जनमानसमा पर्दो रहेछ यो मैले महसुस गरेँ ।

नेपाली समाजमा पुरुष र महिलामा अलिकती भुमिका फरक हुन्छ नै । पुरुषहरु बिहानै उठ्ने चिया पिउन निस्कने, वडाका सबैसँग भेटघाट गर्ने र वडावासीसँग समय बिताउने गर्नुहुन्छ । तर महिलाको हकमा त्यो सम्भव हुँदैन । बिहानै उठेर घर गृहस्थी सम्हाल्नुपर्ने र कार्यालय सम्हाल्ने क्रममा कतिपय वडावासीसँग भेटघाट हुन सक्दैन । जसकारण पनि मानिसको नजरमा थोरै विश्वास घट्ने पनि महसुुस गरेँ ।

हामी महिलाहरुलाई कतिपय कार्य गर्ने रहर हुँदाहुँदै पनि पारिवारिक समस्याका कारण त्यस्ता सपनाहरु अधुरै रहन्छन् । जब केही गर्छु भन्ने इच्छा शक्ती जागेर आउँछ, तब केही अवश्य गरिन्छ । जुन अवसर परिवार र समुदायले दिन सक्नुपर्छ । आज जस्ले मैले काम गर्न सक्दिन भन्ने मनस्थिती बनाउनुभएको छ, उहाँहरुको अगाडी म केही गरेर देखाउँछु भन्ने विश्वास जागेर आएको छ ।

म पहिलादेखीनै सामाजिक कार्य गर्दे आएकी हुँ । आफू महिला भएको नाताले पनि यस वडाका महिलाहरुलाई उद्यमशिल बनाउने मेरो लक्ष्य रहेको छ । जस अनुरुप महिल लक्षित विभिन्न तालिमहरु, सिलाइबुनाई, मन्टेश्वरी, ब्युटीपार्लर, घरेलु प्रविधिबाट अचार बनाउने लगायतका विभिन्न तालिमहरु लामो समयसम्म सञ्चालन हुनेगरी बजेटको व्यवस्था गरेको छु ।

निर्वाचनको समयमा पनि मैले घोषणा पत्रमा भनेको छु अवको पाँच वर्ष भित्र यस टोखा ६ लाई बालमैत्री वडा घोषणा गर्ने, सफा वडाको रुपमा स्थापित गर्ने, सामुदायिक पार्कको निर्माण गर्ने, शिक्षा, स्वास्थ्य, खानेपानी, ढल व्यवस्थापन लगायत वडाका समस्यालाई लक्षित गर्दे काम गर्ने मेरो योजना रहेको छ । मैले घोषणा पत्र अनुरुप नै काम गरिरहेको छु । विकास निर्माणका काममा मेरो सहभागित सदैव रहने छ ।

जहाँसम्म काम गर्न नकस्ने भन्ने कुराहरु छन् त्यो पक्षमा म छैन । सबैले जानेर आएको हुन्न मेरो बुद्धी विवेकलले भ्याएसम्म जसरी हुन्छ काम गरेर देखाउने छु । म वडाध्यक्ष हुँदै गर्दा टोखा नगरपालिका भित्रका कतिपय दिदिबहिनीहरुले महिलाले पनि नेतृत्व लिन सकिने रहेछ भन्ने खालका प्रतिक्रृया दिनुभएको थियो । उहाँहरुले दिदि तपाँई हाम्रो प्रेरणाको स्रोत हुनुहुन्छ । राम्रो काम गर्नुहोला भन्नुभएको थियो म त्यो विश्वसलाई मेटिन नदिनेमा विश्वस्त छु ।

म काम गर्छु भनेर नै आएको हो । जसकारण म वडामा कुनैपनि कुराको कमी हुन दिन्न जस्तो लाग्छ । यसमा हामी सबै वडावासीको साथ सहयोगको खाँचो छ । सबैले मनोवल बढाइदिनुहोला पनि भन्न चाहान्छु । हामीले महिलाहरुलाई कमजोर सोचेर पनि कुनै कुरामा अवसर नदिएको अवस्था पनि रहेको छ । कुनैपनि कामलाई महिला–पुरुषसँग तुलना नगरी सकारात्मक सोच र उच्च मनोवलका साथ गर्दा मात्र सफल भइन्छ ।

हामी महिलाहरुमा इच्छा शक्ती भयो भने जे पनि गर्न सकिन्छ । अहिलेको समयमा पनि राजनीतिक नेतृत्वमा महिलाहरुको सहभागीता कम हुँदै गएको छ । देश बनाउने सन्दर्भमा महिलाहरुको सहभागिता हुनु जरुरी छ । जसको लागि गाउँ समाजबाट महिलाहरुले सहभागीता जनाउने वातावरण मिलाइदिनु पर्छ । महिलाहरु आफू पनि अग्रसर हुनुपर्छ ।