Logo

बागमती पेज

फाल्गुन १४, २०७९ आईतबार

काठमाडौँ उपत्यकामा हिउँदको पहिलो वर्षा


फागुन, काठमाडौं । काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा आइतबार वर्षा भएको छ । लामो समय पश्चात वर्षा भएको हो ।

गत कात्तिकमा मनसुन बाहिरिएपछि वर्षा भएको थिएन । हिँउदमा लगाइने तरकारी तथा अन्न बालीमा वर्षा नहुँदा प्रभाव परेको थियो । तर वर्षा भएसँगै किसान हर्षित भएका छन् ।

जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा पानी पार्ने पश्चिमी वायु सक्रिय हुन समय लागेका कारण यसपटक ढिलो गरी हिउँदे वर्षा भएको हो । पोहोर परार पुस(माघमै पानी पर्ने गरे पनि यसपालि फागुनको मध्यमा मात्र पानी परेको हो ।

शहरी क्षेत्रमा एक्कासी पानी पर्दा पैदलयात्री र साइकल तथा मोटरसाइकल चालक समस्यामा परेका छन् । छाता तथा रेनकोट नभएका कारण उनीहरु रुझ्दै गन्तव्यतर्फ गएका छन् । ग्रामीण क्षेत्रमा खेती लगाउने तयारी गरेका किसानलाई पानी परेपछि जमिन खनजोत गर्न सहज हुनेछ ।