Logo

बागमती पेज

फाल्गुन २०, २०७९ शनिबार

हावाहुरीले फेवातालमा ४ वटा डुङ्गा पल्टिए


पोखरा । हावाहुरीले फेवातालमा डुङ्गा दुर्घटना भएको छ । दिउँसो हावाहुरी चलेर भएको डुंगा दुर्घटनामा परिवार नै परेको बैदाम प्रहरी नायव उपरीक्षक वेद जोशीले बताए ।

‘परिवारसहित चढेको डुंगा पल्टेको थियो । सबैको उद्धार भएपनि एकजना वृद्ध आमा बेहोस हुनुहुन्छ । उहाँको गण्डकी मेडिकल अस्पतालमा उपचार हुँदै छ,’ डिएसपी जोशीले भने ।

डुंगामा ७ जना सवार थिए । हावाहुरीले ४ वटा डुंगा पल्टे पनि सबैको उद्धार भएको डीएसपी जोशीले बताए ।