सिन्धुली । कृयाशिल महिला पत्रकार डब्लुडब्लुजे सिन्धुलीको अध्यक्षमा राधिका बुढाथोकी सर्वसम्मत चयन भएकी छन् । डब्लुडब्लुजे सिन्धुलीको सातौँ अधिवेशनबाट राधिका बुढाथोकीको अध्यक्षतामा ११ सदस्य कार्यसमिती सर्वसम्मत चयन भएको हो ।
नयाँ कार्यसमितीको उपाध्यक्षमा उर्मिला भट्टराई, सचिवमा सुनिता दर्नाल, सहसचिवमा प्रचिक्षा कार्कि, कोषाध्यक्षमा मेनुका आरण चयन भएका छन् । त्यस्तै सदस्यहरुमा गोमा श्रेष्ठ, बिनु बिक, सर्मिला खड्का, बिमला रजन मगर, गंगा बिशंखे, गुणा मगर सहितको ११ जनाको कार्यसमिती सर्वसम्मत चयन भएको हो ।
डब्लुडब्लुजे सिन्धुलीको अध्यक्ष कृन्जला पुलामीको अध्यक्षता तथा डब्लुडब्लुजे सिन्धुलीका सस्थापक अध्यक्ष बिमला पाण्डेको प्रमुख आतिथ्यतामा सो कार्यक्रम भएको थियो ।
प्रतिक्रिया दिनुहोस्