Logo

बागमती पेज

चैत्र ९, २०७९ बिहीबार

गहना लुटपाट गर्ने एक महिला सहित तीन जना पक्राउ


काठमाडौं । बृद्ध महिलालाई एकान्तमा लगेर गहना लुटपाट गर्ने दोलखाकी एक महिला सहित तीन जना पक्राउ परेका छन् ।

दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर ५ घर भई हाल काठमाडौंको गोकर्णश्वर नगरपालिका ७ दक्षिण ढोका बस्दै आएकी मन्जु तमाङ सहित तीन जनालई प्रहरीले पक्राउ गरेको हो । यही चैत ६ गते मगरले ८४ वर्षिया बसुन लामालाई ललाई फकाई लगेर सुनका गरहना लुटपाट गरेकी थिइन् ।

काठमाडौं महानगरपालिका ६ स्थित बौद्ध स्तुपामा पुजाआजा गर्न आएकी एकल बृद्ध महिलालाई एकान्तमा लगेर गहना लुटपाट गर्ने तमाङ र सो गहना किन्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

लुटपाट गरेको सुन खरिद गर्ने काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा इके भगवती ज्वेलर्स सञ्चालन गर्दै आएका रामकृष्ण सुनार र नमराज सुनारलाई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।