काठमाडौँ । अमेरिकाको न्यु योर्क सहरमा तामाङ सोसाइटी अफ अमेरिका एघारौँ महाअधिवेशन सम्पन्न भएको छ । अधिवेशनले २०२३ देखी २०२५ सम्मको लागि ९ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
पहिलो चरणको कार्यक्रम सके लगत्तै सुरु भएको बन्द सत्रमा निर्वाचन अधिकृत भरत मोक्तानले उम्मेदवारी दरखास्त आह्वान गरेका थिए । अध्यक्ष पदको लागि बुद्धिमान तामाङ र सन्जोग योन्जनले उम्मेदवारी दिएका थिए ।
उम्मेदवार दर्ताको नामावली प्रकाशित भए पश्चात् अध्यक्षका प्रत्याशी दुवै जनालाई आ-आफ्नो धारणा राख्न ५-५ मिनेटको समय दिएको थियो । बुद्धिमानले ११ बुँदामा आफ्नो सान्दर्भिक भनाइ राखेका थिए ।
कुल खसेको मत मध्य ८ मत बदर भएको थियो । बुद्धिमानले आफ्नो प्रतिद्वन्द्वी सन्जोग योन्जनलाई १० मतले पछि पार्दै निर्वाचित भएका हुन् ।
निर्वाचित भए पश्चात् बुद्धिमानले आफ्नो भनाइ राख्दै आफूले अघि सारेको प्रत्येक बुँदालाई आत्मसात् गरी कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । अधिवेशनबाट अन्य पदाधिकारीहरू भने निर्विरोध निर्वाचित भएका छन् ।
जसमा
वरिष्ठ उपाध्यक्ष- चिना लामा
उपाध्यक्ष -स्तुल बहादुर तामाङ
उपाध्यक्ष -स्आरती लामा मैना
महासचिव- शमशेर योन्जन
सचिव-भीम स्याङतन
कोषाध्यक्ष- सेन्तुन लामा
बोर्ड सदस्य- तीर्थ राज लामा
बोर्ड सदस्य – विष्णु तामाङ
बोर्ड सदस्य- स्निरा माया लामा निर्विरोध निर्वाचित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्