Logo

बागमती पेज

बैशाख १८, २०८० सोमबार

बिहान छिटो उठ्ने मन छ तर सकिदैन, अब यसो गरौं


‘कतिपय मानिस बिहान छिटो उठन पाए हुन्थ्यो भन्ने सोच्छन् तर त्यसो गर्न भने सक्दैनन् । अझ कसैले उनीहरुलाई उठाउन खोज्यो भने केहीबेर अझै सुत्छु भन्ने उत्तर दिन्छन् र अर्कोतिर फर्किएर निदाउँछन् । आज हामी कसरी बिहान छिटो उठ्न सकिन्छ भन्ने केही टिप्स दिन्छौं ।’

बिहान छिटो उठ्ने मन छ तर सकिदैन, अब यसो गरौं

काठमाडौं । प्राय सबैको घरमा विहान छिटो उठ्नुपर्छ भन्ने उर्दी हुन्छ । तर कोही-कोहीको ढिलासम्म सुत्ने बानी हुन्छ । कतिपय मानिस त विहान १० बजेसम्मै सुतिरहन्छन् । त्यस्ता कतिपय मानिस बिहान छिटो उठन पाए हुन्थ्यो भन्ने सोच्छन् तर त्यसो गर्न भने सक्दैनन् ।

अझ कसैले उनीहरुलाई उठाउन खोज्यो भने केहीबेर अझै सुत्छु भन्ने उत्तर दिन्छन् र अर्कोतिर फर्किएर निदाउँछन् । आज हामी कसरी बिहान छिटो उठ्न सकिन्छ भन्ने केही टिप्स दिन्छौं ।

राति चिया/कफि नपिउने
यदि बिहान छिटो उठ्ने मन छ भने अबेर खाना खानु हुँदैन । खासगरी राति अबेर चिया या कफि खाने बानी छ भने त्यो खराब हो । त्यसले निंद भगाउँछ । अनि राति निद्रा नपरेपछि बिहान छिटो उठ्न सम्भव नै हुँदैन । त्यसैले सबैभन्दा पहिले राति खानापछि पनि अन्य कुरा खाने बानी हटाउनुपर्छ ।

सुत्ने बेला फोन नचलाउने
यदि राति अबेरसम्म फोन या ल्यापटप चलाउने बानी छ भने त्यो लत बदल्नु आवस्यक छ । सुत्नुभन्दा कम्तिमा दुई घण्टा पहिले फोन चलाउन बन्द गरेमा राम्रो निद्रा पर्छ । मस्त निद्रा परेपछि बिहान छिटो उठ्न समस्या हुँदैन । यदि अबेरसम्म मोबाइल चलाएर बसियो भने निद्र आउँदैन र बिहान उठ्न पनि गाह्रो हुन्छ ।

समय तय गर्ने
यदि बिहान छिटो उठ्नु छ भने राति पनि समयमै सुत्नु पर्छ । स्वस्थ मानिसलाई ७/८ घण्टा निद्रा आवस्यक हुन्छ । त्यसैले विहान ६ बजेभित्रै उठनु छ भने बेलुका १० बजेसम्म सुत्न उपयुक्त हुन्छ । राति अबेरसम्म बस्ने र बिहान पनि छिटो उठियो भने निद्रा पुग्दैन । त्यसले शरिरमा आलस्यता बढाउन सक्छ । त्यसैले बेलुका सुत्ने र बिहान उठ्ने समय तय गर्नु उपयुक्त हुन्छ । सामान्यता १० बजेदेखि ६ बजेसम्म सुत्नु उपयुक्त मानिन्छ ।

उठेपछि यस्तो गरौं
बिहान छिटो उठेपछि पर्दा खोलेर या बत्ति बालेर उज्यालो बनाउनु आवस्यक छ । जसका कारण फेरि निद्रा आउँदैन । यदि कोठामा अध्यारो भइराख्यो भने ब्युँझिएपछि पनि निद्रा आउन सक्छ । सम्भव हुन्छ भने उठेपछि ब्यायाम गर्नु स्वास्थ्यका हिसाबले निकै लाभदायक हुन्छ ।

बाहिर निस्कन सम्भव नभए कतिपय ब्यायाम कोठामै बसेर पनि गर्न सकिन्छ । यसवाहेक सुत्दा अलि सहज हुने खालको कपडा लगाउनुपर्छ जसका कारण छिटो निद्रा लाग्छ । मनमा अनेक कुरा खेलाउने बानीले पनि निद्रा बिथोल्न सक्छ । त्यसैले धेरै सोच्ने बानी पनि हटाउनु आवस्यक छ ।