Logo

बागमती पेज

असार २५, २०८० सोमबार

वडामा उत्कृष्ट कार्य गर्ने व्यक्तित्वलाई भीमेश्वर ७ को सम्मान 


काठमाडौँ । भीमेश्वर नगरपालिका वडा नम्बर -७ ले विभिन्न क्षेत्र तथा पेशामा आबद्ध व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ । विभिन्न क्षेत्रमा रहेर वडाको विकास निर्माणमा सहयोग तथा योगदान पुर्‍याउँदै आएका व्यक्ति तथा संस्थालाई वडाले सम्मान गरेको हो।

भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वर नारायण मानन्धरको प्रमुख आतिथ्यमा सम्पन्न सम्मान कार्यक्रममा वडाकै सामुदायिक विद्यालयका उत्कृष्ट प्रधानाध्यापकमा कुटीडाँडा माध्यमिक विद्यालयका शङ्करलाल श्रेष्ठ सम्मानित भएका छन् । 

उत्कृष्ट शिक्षकमा सोही विद्यालयका सहायक प्रधानाध्यापक ईश्वर चौलागाई, हरिकीर्तन आधारभूत विद्यालयका कृष्ण बहादुर मुग्राती, कुप्री आधारभूत विद्यालयका कृष्ण प्रसाद सुवेदी, वीरेन्द्र आधारभूतका धिरज आपगाईं,साखिने आधारभूतका सन्तोषी थापा राउत र सेतीदेवी माविका लक्ष्मण पाख्रिन रहेका छन्।

वडाध्यक्ष विनोद तामाङका अनुसार नगर तथा वडाको समृद्धिमा साथ सहयोग गर्ने व्यक्ति तथा सङ्घसंस्थालाई सम्मान गर्ने संस्कार बसाल्न सम्मान कार्यक्रम राखिएको हो । यसले आगामी दिनमा पनि नगर तथा वडाको विकास निर्माणमा वडावासीहरूलाई हौसला मिल्नेछ उनले भने।

वडामा २ माध्यमिक विद्यालय र ४ आधारभूत विद्यालय रहेका छन् । वडाका उत्कृष्ट उत्कृष्ट कर्मचारी भवेन्द्र थापा र निर्मला बस्नेत सम्मानित भएका छन् भने उत्कृष्ट स्वास्थ्यकर्मीमा मकैबारी स्वास्थ्य चौकीकी लक्ष्मी केसी सम्मानित भएकी छिन्। वडाले ९० वर्षमाथिका ३ जना ज्येष्ठ नागरिक दल बहादुर खड्का ,मित्रलाल चौलागाईँ र हरि बहादुर मगरलाई पनि सम्मान गरेको छ ।

त्यसै गरि लामो समयदेखि जनप्रतिनिधि भई योगदान गरेका १३ जनालाई सम्मान गरेका छन् ।

सम्मानित हुनेहरूमा पूर्व वडाध्यक्ष कैलाश कुमार श्रेष्ठ,नरम कुमारी शाह,तारा मुग्राती,अर्जुन लामा,हरिकृष्ण बस्नेत छन्। र कर्ण बहादुर शाही,नेत्र बहादुर बस्नेत,खेम बहादुर थापा,राजकुमार थापा,कृष्ण बहादुर कार्की,रामबहादुर भुजेल,नेत्र बहादुर तामाङ,नारायण बहादुर भुजेललाई सम्मान गरिएको छ।

स्थानीय समाजसेवी बुद्धिजीवी नरेन्द्र बहादुर बस्नेत,पूर्ण बहादुर थापा, रत्न बहादुर केसी, शिव बहादुर बस्नेत,वीर बहादुर मोक्तान,मेख बहादुर तामाङ,जेठी भुजेल सम्मानित भएका छन्।

वडाले उत्कृष्ट उपभोक्ता समितिमा नेवार गाउँ ढुङ्गे धारा निर्माणका रेक बहादुर श्रेष्ठलाई सम्मान गरेको छ भने उत्कृष्ट कृषक शेर बहादुर तामाङलाई सम्मान गरेको छ ।