Logo

बागमती पेज

भाद्र १३, २०८० बुधबार

पाल्पामा जिपमाथि पहिरो खस्दा ३ जनाको घटनास्थलमै मृत्यु, ८ घाइते


काठमाडौँ । पाल्पाको रिब्दिकोट गाउँपालिका–२ जोर्तेमा पहिरोले जीप पुर्दा ३ जनाको मृत्यु भएको छ, भने ८ जना घाइते भएका छन् । गुल्मीको तम्घासबाट बुटवल जाँदै गरेको लु १ ज ४६०० नम्बरको स्कार्पियो गाडी जोर्तेमा पहिरोमा परेको हो।

पहिरोमा परी ३ जनाको घटनास्थलमै मृत्यु भएको र तीन बच्चासहित ७जनालाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए। उनले १ महिला र २ पुरुष रहे पनि उनीहरूको सनाखत हुन बाँकी रहेको बताए।

गुल्मीबाट बुटवलतर्फ जाँदै भाडाको स्कारपियो बिहान साढे ८ बजे पहिरोले च्यापिएको थियो । पहिरो खस्दा पाल्पा–गुल्मी सडक खण्ड बन्द भएको छ। घाइते हरुको लुम्बिनी मेडिकल प्रभास पाल्पा उपचार लागि ल्याउँदै गरिएको छ।