काठमाडौंको पेप्सीकोला-काँडाघारी सडकखण्डमा छाप्रोमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
आइतबार बिहान करिब ७ बजेतिर जडीबुटीबाट पेप्सीकोलातर्फ जाँदै गरको बा३ख ४८४८ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा६च ५३४२ नम्बरको बोलेरो जिप एकआपसमा ठोक्किंदा दुर्घटना भएको हो ।
बस पल्टिएर बसले कुल्चिदा बागमती प्रदेश०२प ५३११ नम्बरको स्कुटर र बागमती प्रदेश ०२ प ४८३८ नम्बरको मोटरसाइकलमा समेत क्षति पुगेको छ ।
दुर्घटनामा सोही मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको हो । स्कुटरमा सवार दुई जना महिला घाइते भएका छन् ।
मृत्यु हुनेमा जिल्ला सर्लाही शान्तिटोल-१ का २१ वर्षीय राज भट्टराई रहेको खुलेको प्रहरी सहायक निरीक्षक रविचन्द्र पुडासैनीले जानकारी दिए ।
स्कुटर चालक सामान्य घाइते भएको र पछाडि सवार एक जना गम्भीर घाइते छन् ।
बोलेरोमा सवार ५ जना विद्युतका कर्मचारी रहेको प्रहरीले जनाएको छ । उनीहरुको पेप्सीकोलास्थित मदरल्याण्ड अस्पतालमा उपचार भइरहेको छ । अन्यको मिनभवनस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्