Logo

मेघनाथ पहाडी

कार्तिक २३, २०८० बिहीबार

वडाध्यक्ष अधिकारीको नेतृत्वमा बूढानीलकण्ठ स्काउट टिम जाजरकोट प्रस्थान


काठमाडौँ । बूढानीलकण्ठ नगरपालिका स्काउटको टिम जाजरकोट जिल्लामा गएको भूकम्प पिडितको सहयोगका लागि प्रस्थान गरेको छ । बूढानीलकण्ठ नगरपालिका वडा नं ११ का अध्यक्ष राजु अधिकारीको नेतृत्वमा जाजरकोट जाने टोलीलाई नगरपालिकाले हिजो बुधबार विदाई गरेको हो ।

जाजरकोटमा पुगेर उद्दार, राहत वितरण तथा अन्य सहयोगका लागि स्वयंसेवकका रुपमा सहयोग गर्न नगरपालिकाबाट अधिकारीको नेतृत्वमा ७ जनाको टिम जाजरकोट प्रस्थान गरेका हुन् ।

उक्त टोलीलाई नगरपालिकाका प्रमुख सहितको टोलीले विदाई गर्दै विपदको समयमा सेवा गर्नका लागि आग्रह गर्दै नगरपालिकाले थप सहयोग गर्ने प्रतिवाद्दता समेत व्यक्त गरेका थिए ।

बुढानीलकण्ठ नगरपालिकाबाट भूकम्प प्रभावित स्थलमा वडा अध्यक्ष अधिकारी सहित अङ्गुर पौडेल, राजकुमार खड्का, स्वस्तिक कार्की, हिमाल चौलागाई, रोसन श्रेष्ठ, प्रविण घिमिरे र युवराज पन्थीको टोलि गएका छन् ।