Logo

बागमती पेज

माघ ९, २०८० मंगलबार

इलेक्ट्रिक स्कुटरमा आगो लागेपछि पिडितले पाउने भए १० लाख भारु क्षतिपूर्ति


काठमाडौँ । भारतमा एकजना इलेक्ट्रिक स्कुटर आगलागी पीडितले ठूलो रकम क्षतीपूर्ती पाउने भएका छन् । तेलंगानाको एक उपभोक्ता आयोगले बिनलिंग भारत र यसका डिलरलाई आगलागी भएको ई–स्कुटरको मालिकलाई १० लाख भारु क्षतिपूर्ति दिन आदेश दिएको हो ।

उजुरीकर्ताले सन् २०२१ को अप्रिलमा बेनलिङ इलेक्ट्रिक स्कुटर किनेका थिए । गत वर्ष फेब्रुअरीमा ब्याट्री पड्किएपछि त्यसमा आगो लागेको थियो ।

आफ्नो स्कुटर जलेर नष्ट भएपछि ती चालकले कम्पनीलाई स्कुटर बदल्न वा स्कुटरको मूल्यमा वार्षिक १८ प्रतिशत ब्याजसहित फिर्ता गर्न भनेका थिए । तर, बेनलिङ इन्डिया र त्यसको डिलरले कुनै प्रतिक्रिया दिएनन् ।

त्यसैले उनले कानुनी खर्चबापत १३.५ लाख र ४० हजार भारु क्षतिपूर्ति माग्दै उपभोक्ता अदालत जाने निर्णय गरेका थिए ।पछि उनले १० लाख भारु क्षतिपूर्ति पाउने भन्दै उक्त रकम दिन कम्पनीलाई आदेश दिएको हो ।