Logo

मेघनाथ पहाडी

माघ २४, २०८० बुधबार

कार्यकर्ताको चाहाना अनुसार उपाध्यक्षमा मेरो उम्मेदवारी: हिराकुमार थोकर


काठमाडौं । नेकपा एमाले दोलखाको उपाध्यक्ष पदमा जिल्लाकै लोकप्रिय युवा नेता हिराकुमार तामाङले उम्मेदवारी घोषणा गरेका छन् । दोलखाली युवाहरुको नेतृत्व गर्दै तामाङले उम्मेदवारी घोषणा गरेका हुन् ।

२०७९ सालको स्थानीय निर्वाचनमा मेलुङ गाउँपालिका अध्यक्षमा भारि मतले गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै विजयी भएका तामाङ जिल्लामा वैचारिक एवम् सांगठनिक क्षमता भएका एमाले नेताको रूपमा स्थापित छन् ।

जिल्लाका स्थानीय तहका प्रमुखमध्ये आफ्नो छुट्टै पहिचान बनाउन सफल तामाङ सालिन स्वभाव र इमान्दार छवि भएका नेतामा गनिन्छ ।

२०४३ सालमा पार्टीको प्रारम्भिक कमिटी र २०४७ सालमा सङ्गठित सदस्यता लिएका उनी दोलखा एमालेमा निडर, निष्ठावान, धैर्यवान र इमानदार नेताका रुपमा चिनिन्छन् । विशेषगरी पार्टीभन्दा माथि उठेर जनताको सेवामा लागेका उनी आम जनतामाझ लोकप्रिय छन् ।

गएको एमाले दोलखा अधिवेशनमा अत्याधिक मत ल्याएर जिल्ला कमिटी सचिवमा निर्वाचित भएका तामाङको उपाध्यक्षमा उम्मेदवारी घोषणासँगै सो पदमा बलियो उम्मेदवारी रहेको चर्चा जिल्ला स्तरमा चल्न थालेको पार्टी कार्यकर्ता बताउछन् ।

उम्मेद्वार घोषणा गर्दै तामाङले शिथिल हुँदै गएको संगठनलाई बलियो र मजबुत बनाउन यो अधिवेशनले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।

पार्टी भित्रको टिके प्रथालाई निर्मुल पार्दै क्षमतावान, सबल र सक्षम कार्यकर्ता तयार गर्न र समान अधिकार सुनिश्चित गर्दै लोकतान्त्रिक विधिमा पार्टीलाई डोर्याउन आफ्नो उम्मेदवार रहेको तामाङले बागमती पेजलाई जनाए ।

पार्टीको विधि विधान र पद्धति जोगाउन साथै समग्र जिल्लाको विकासका लागि आफुले बिगतदेखी नै ध्यान दिएको र कार्यकर्ताको इच्छा चाहाना अनुसार उम्मेदवारी दिएका हुन् ।