Logo

मेघनाथ पहाडी

फाल्गुन १५, २०८० मंगलबार

समाज कल्याण परिषद् आवश्यक छैन: सांसद दाहाल


काठमाडौँ । सिन्धुली क्षेत्र नम्बर २ का सांसद राजन दाहालले समाज कल्याण परिषद् आवश्यक नरहेको बताएका छन् । कानुन संसोधन गरेर समाज कल्याण परिषद्लाई मन्त्रालयको एउटा शाखाले यसलाई हेर्दा हुने धारणा सार्वजनिक लेखा समितिको बैठकमा राखेका हुन् ।

सांसद दाहालले समाज कल्याण परिषद्मा प्रत्यक्ष सरकारको नेतृत्व आवश्यक रहेको भन्दै अहिले सरकार भन्दा बाहिर रहेजस्तो देखिने बताएका छन् । यस विषयमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीलाई अध्ययन अनुसन्धान गरेर यसको निष्कर्षमा पुग्न समेत सुझाए ।

समाज कल्याण परिसद्लाई हामीले पालिरहनु पर्छ जस्तो मलाई लाग्दैन । सांसद दाहालले भने, प्रत्येक आईएनजिओका आफ्ना सरकार बनेका छन् । जुन देश मार्फत यहाँ फण्डिङ हुन्छ, उसकै योजना अनुसार हाम्रो मुलुक माथि विकृति लाद्ने गरेको छ । यसले हामीलाई सहयोग पुगेको छैन । राष्ट्रिय चाहानाहरु केन्द्रित हुनुपर्छ । हाम्रा नीति योजना र कार्यक्रमको मातहतमा बसेर योजना छनौट गर्ने र कार्यन्वयन गर्ने आधार बनाउन सक्नुपर्छ ।

सांसद दाहालले सीपमुलक कार्यक्रम काही केही नगर्ने सचेतनामा मात्र खर्च हुने भएर नेपालमा उपलब्धि केही पनि नभएको पाईन्छ भन्दै यसको निराकरण गर्न जरुरी रहेको बताएका छन् ।