Logo

मेघनाथ पहाडी

चैत्र १६, २०८० शुक्रबार

तेश्रो किसुन जी स्मृती राष्ट्रिय हाफ म्याराथन भोली, प्रथमलाई ७५ हजार पुरस्कार


काठमाडौँ । नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशले तेश्रो किसुन जी स्मृती राष्ट्रिय महिला तथा पुरुष हाफ म्याराथन प्रतियोगिता -२०८० गर्ने भएको छ । जसको प्रथम पुरस्कार नगद रु ७५ हजार, द्वितिय ५० हजार र तृतिय पुरस्कार २५ हजार रहेको छ ।

चैत्र १७ गते (भोली) हुने तेश्रो किसुन जी स्मृती राष्ट्रिय हाफ म्याराथनको तयारी पुरा भएको नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशका सभापती दीपक गुरुङले बागमती पेजलाई जनाएका छन् ।

२१ किमी हाफ म्याराथनमा करिव ७५ जना र ५ किलो मिटरमा किरिव २५० जना सहभागी हुने समेत सभापती गुरुङले बताए ।

कार्यक्रमका प्रमुख आतिथि पूर्व कानुनमन्त्री धनराज गुरुङ म्याराथनमा दौडेर कार्यक्रमको शुरु हुने आयोजकले जनाएको हो ।

खेल चैत्र १७ गते विहान ७ बजे गोल्फुटार बास्केटबल कोर्टमा हुने आयोजकले जनाएको छ ।