Logo

मेघनाथ पहाडी

चैत्र २७, २०८० मंगलबार

चन्द्रागिरि नगरपालिकामा क्लोथ बैङ्क सञ्चालन


काठमाडौँ । कोही कपडा विहीन नरहुन् भन्ने मूल मन्त्रलाई आत्मसाथ गर्दै सबैका लागि पुण्य काम गर्ने उद्देश्यले स्थापना भएको क्लोथ एन्ड फुड बैक चन्द्रागिरि नगरपालिकामा औपचारिक रूपमा स्थापना भएको छ । चन्द्रागिरि नगरपालिकाको सभा हलमा एक औपचारिक कार्यक्रमका बिच क्लोथ एन्ड फुड बैङ्कको स्थापना भएको हो । जहाँ तपाईँले पुरानो लुगा दिने र नयाँ लुगा लिएर जाने अभियानको सुरुवात औपचारिक रूपमा सुरुवात भएको छ ।

मानव सेवाका लागि देशको सातै प्रदेशमा सञ्चालन हुन लागेको क्लोथ एन्ड फुड बैङ्क नेपालले प्रयोगमा नआएको घरमा यत्तिकै रहिरहेको पुरानो लत्ता कपडा सञ्चालन गरी पुन प्रशोधन गरेर आवश्यक पर्नेहरूका लागि निःशुल्क वितरण गर्ने उद्देश्य छ । देशका सातै प्रदेशमा सोरुम सञ्चालन गरेर हामी जो कोहिले प्रयोग गर्न मिल्ने छ । आफ्नो घर, टोल र समाजलाई सफा राखौँ, भन्ने नाराका साथ यो अभियान जारी रहेको क्लोथ एन्ड फुड बैक नेपालका अध्यक्ष कमल जिसीले बताए ।

कार्यक्रम नेपाल भरका सम्पूर्ण स्थानीय सरकार तथा विभिन्न निकायलाई सहकार्यका लागि आव्हान गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै महानायक राजेश हमालले कपडा बिहिलाई कपडा दिने र पुरा कपडा मुक्त गर्ने पुण्य कार्यमा सहभागी हनुका सबैलाई लागी महानायक हमालले आग्रह गरे । चन्द्रागिरि नगरपालिका सञ्चालनमा आएको क्लोथ एन्ड फुड बैकले यस्तो नयाँ काम र उत्कृष्ट काम गर्न पाएकोमा नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले आफू निकै हर्षित भएको बताए ।

कुनै पनि व्यक्तिका लागि आवश्यक नभएको कपडा अरूलाई आवश्यक पर्ने भन्दै क्लोथ बैङ्कमा आफूलाई आवश्यक नपर्ने कपडा जम्मा गरिदिन सबैलाई आग्रह सकेत गरेका थिए । त्यस्तै चन्द्रागिरि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेम राज अर्यालले क्लोथ एन्ड फुड बैक चन्द्रागिरि नगरपालिकामा सञ्चालनमा आएपछि आफू धेरै उत्साहित भएको बताए ।

चन्द्रागिरि नगरपालिका यस्तो पुण्य कार्यमा साझेदार हुने मौका पाएकोमा आफू निकै खुसी भएको र यस कार्यमा सबैले साथ र सहयोग गरिदिन आग्रह गरेका थिए । नगरपालिका भित्र सञ्चालन हुने कपडा सङ्कलन बक्स राखिने बताउँदै यसको दीर्घकालीन रूपमा अगाडी बढाउन समेत शुभकामना दिएका थिए ।

नगरका विभिन्न उपयुक्त स्थानमा सङ्कलन बक्स राखिने र सङ्कलित कपडाहरूलाई पुनः प्रशोधन रिसाइकल गरेर आवश्यकताका आधारमा वितरण गरिनेछ । अध्यक्ष जिसीका अनुसार आगामी दुई वर्षमा कपडाविहीन मुक्त बनाउने र २०८२ सम्ममा देशभर फुड एम्बुलेन्ससमेत सञ्चालन गर्ने योजना बनाएको जनाए । उनका अनुसार अहिलेसम्म १५४ स्थानीय तह यो अभियानमा जोडिएका समेत जानकारी दिए ।

क्लोथ बैङ्कको आज आइतबार चन्द्रागिरि नगरपालिकाकामा प्रमुख अतिथिको रूपमा महानायक राजेश हमाल, त्यस्तै अतिथिहरूमा टोखा नगरपालिकाका नगरप्रमुख घनश्याम गिरी, प्रमुख प्रशासकीय अधिकृत हेम राज अर्याल,क्लोथ एन्ड फुड बैकका अध्यक्ष कमल जिसी, नगर प्रमुख लगायतले उद्घाटन गरेका थिए ।