Logo

बागमती पेज

जेष्ठ २१, २०८१ सोमबार

आर्थिक अभावले देखायो आत्महत्याको बाटो, दाहसंस्कार गर्न समेत पैसाको अभाव 


काठमाडौँ। भनिन्छ धन सम्पत्तिलाई त्यति धेरै महत्त्व पनि दिनु हुँदैन । धन भन्दा विद्या ठुलो हो तर कहिलेकाहीँ समय परिस्थितिले यस्तो अवस्थामा पुराउँदो रहेछ की पैसाको अभावले जीवन देखिनै हार खाएर आत्महत्या गर्न बाध्य बनाउँदो रहेछ । 

पैसाको अभावमा बिदेसिने लर्को त थियो नै तर त्यही पैसा र अभावका कारण १४ वर्षीय बालिकाले अकालमै मृत्युको बाटो रोज्न पुगिन । हो दोलखाबाट एउटा निकै दुखदायी खबर आयो । दोलखाको कालिन्चोक गाउँपालिकाकी एक छात्राले आर्थिक अभावका कारण आत्महत्या गरिन आफूलाई जन्म दिने आमाले छोडेर गएपछि एक्लै पर्दै आएकी कालिन्चोक गाउँपालिका–६ स्थित लापिलाङ माविकी १४ वर्षीय छात्रा उपासना थामी जो आर्थिक अभावका कारण आत्महत्या गर्न बाध्य भइन । 

लापिलााङ मावि कक्षा ७ मा अध्ययन गर्दै आएकी उपासना लामो समय समयदेखि बिरामी पनि थिइन् । 

लामो समयदेखि पेट सम्बन्धी समस्याले बिरामी परेकी उपासनाले आइतबार आत्महत्या गरेकी हुन् । 

दिउँसो विद्यालय गएर घर फर्किएकी उपासना आइतबार साँझ आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन् । 

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रवक्ता, प्रहरी निरीक्षक जीवन श्रेष्ठले उपासना आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला जानकारी दिए । 

उपासनाकी आमा भारतमा छिन् । आमाले दोस्रो विवाह गरेपछि बुबा उमेश थामीले उपासनालाई करिब ८ बर्सअघि गाउँ लिएर आएका थिए । बुबा उमेशले पनि गत वर्ष दोस्रो विवाह गरेपछि उक्त घरमा कान्छी आमा र उपासना बस्दै आएका थिए । कान्छी आमा मेलामा गएका बेला उनले घरभित्रै आत्महत्या गरेकी हुन् ।

लापिलाङका स्थानीयका अनुसार उपासनाको परिवारले चरम आर्थिक सङ्कट व्यहोरिरहेको थियो । उपासना लामो समयदेखि पेट सम्बन्धी समस्याले बिरामी थिइन ।  तर उपचार गर्न पैसा थिएन । 

मजदुरी गर्न रुकुम गएका उपासनाका बुबा उमेश अझै जिल्ला फर्किएका छैनन् । परिवारका सदस्य नआएका कारण उनको शवलाई पोष्टमार्टमकालागि चरिकोटस्थित शव गृहमा राखिएको छ । 

यसैबिच, चरम आर्थिक सङ्कटका कारण उपासनाको शवको पोस्टमार्टम र व्यवस्थापन गर्न समस्या भएपछि स्थानीय थामी समुदायले सहयोग जुटाउन सुरु गरेका छन् । शवको पोस्टमार्टम, घाटसम्म लगेर शवको व्यवस्थापन तथा थामी संस्कार अनुसार मृत्यु संस्कार गर्नालागि सहयोग जुटाउन अभियान चलाएको स्थानीय रमेश थामीले जानकारी दिए । उनका अनुसार अहिलेसम्म ६५ हजार सहयोग जुटिसकेको छ ।