Logo

बागमती पेज

आश्विन १७, २०७७ शनिबार

कृपा ब्यान्ड मेम्बर्सको रोजाइ मनास्लु


काठमाडौं । स्थापनाको छोटो समयमा नै निकै चर्चा कमाएको मनास्लु वर्ल्ड कलेज जसरी विभिन्न स्कुल टपरहरु तथा उत्कृष्ट विद्यार्थीहरुको रोजाइ भईरहेका छन् । त्यसै गरी खेलकुद, नृत्य, संगीत लगायत अन्य विविध बिधामा आफुलाई अब्बल दर्जामा उभ्याउन सफल विद्यार्थीहरुको छनोट मनास्लु नै भईरहेको छ ।

त्यसै गरी हालै कृपा ब्यान्डका गितारिस्ट तथा ब्याकिङ भोकल्स, योङगेस्ट ब्यान्ड मेम्बर जनक भण्डारी तथा कृपा ब्यान्डका अन्य मेम्बर्सहरुले कक्षा ११ ब्यवस्थापन सङ्कायमा भर्ना गरेका छन् । सानै उमेर देखी संगितमा रुची राख्ने र पारिवारिक वातावरण पनि संगीतमय भएकोले जनकलाई साङितिक यात्रामा खासै गाह्रो भएन ।

विद्यालयस्तर देखी नै गायनमा क्षेत्रमा लागि आफ्नो प्रस्तुती दिइसकेका जनक कृपा ब्यान्ड सदस्यको रुपमा नेपालका बिभिन्न भू–भागमा दमदार प्रस्तुती दिइ ख्याती कमाइ सकेका छन् । कृपा ब्यान्ड अहिले योङ जेनेरेसनले निकै रुचाएको ब्यान्ड भित्र पर्दछ । जनकलाई मनास्लु वर्ल्ड कलेजले कक्षा ११ र १२ अध्ययन गर्नको लागि पूर्ण छात्रवृती प्रदान गरेका छन् ।