Logo


काठमाडौँ । केही दिन अघि म आफ्नो घर नजिकैको चौतारीमा सन्ध्याकालीन सितलता लिँदै थिए। त्यही बेला घर नजिकैको अंकल आउनु भयो । हाम्रो केही बेर वार्ता हुँदै थियो । अंकलको छोरो भर्खर १२ कक्षाको परीक्षा दिएर बसेको रहेछन् । स्यानै देखि नै उत्कृष्ट उनी +२ पनि विज्ञान विषयमा अध्यान गरेको रहेछन् ।

“अब भाई ले के गर्ने भनेको छन् त अंकल ?”

यत्तिकैमा अंकलबाट यस्तो उत्तर आयो, “खै बाबु उसले त केही भनेको थिएन । मैले IELTS /SAT गरेर विदेश तिर जा भन्दै कुरा गरेको छु के रे । अब भने जस्तो भयो भने विदेश तिर नै पठाउन पर्ला जस्तो सोचेको छु। आखिर नेपालमा के नै छ र ? अहिले गए नी पछि गए नी जान विदेश नै पर्ने हैछ। नेपाल मै केही गर्छु भन्दै आत्मबल बनाएर अघि सर्दा खुट्टा तान्ने धेरै आई लाग्दा रहेछन् । जे कुरा मा पनी भ्रष्टहरु नै अघि सर्ने रहेछन् ।”

अंकलको कुरा पनि कुनै तरिका ले त ठिकै हो, देश को हालत न्यून अवस्था मा छ, दिन प्रति दिन पर्देशिनेको संख्या बढ्दो छ। गाउँ घरमा बुढाबुढी बाहेक एक जना पनी युवा छैनन्, सबै परदेश मै छन्। तर छोरोको इच्छा विपरीत छोरोलाई विदेश जा भन्नु त कुनै हिसाबले गल्ती नै देखें मैले।

बालबालिका भनेको काँचो माटो सरहका हुन् । जे सिकायो त्यै सिक्छन्, जे भन्यो त्यै बुझ्छन् र जे अरायो त्यै गर्छन् । तिनीहरूमा स्वयम् विवेकले काम गर्ने क्षमता नै हुन्न । यसै गरी नै छोराछोरीलाई सबै आमाबाबाले विदेश जा भन्ने हो भने त करिव दश वर्षमा देश त पुरै वृद्धहरुको देश बन्छ, होइन र ?

युवा हरु जति विदेश भएपछि देश को रक्षा कसले गर्ने? देश को विकास कसले गर्ने ?

आमाबाबाको मुख्य दायित्व भनेको छोराछोरीलाई राम्रो भविष्य देखाउने हो । उहाँहरूको विचारमा विदेशमा सुख अनि स्वदेश मा दुःख हुन्छ भन्ने हुन्छ। आखिर सुख कहाँ नै छ र ? दुःख नगरी सुख कहीँ पाहिन्छ र ? परदेशमा गर्ने दुःख स्वदेश मै गर्ने हो भने त त्यहाँ पाइने सुख यहाँ पनि त प्राप्त गर्न सकिन्छ नी, हैन र ? परदेशको जस्तो भौतिक पूर्वाधारको त विकास भएको छैन यहाँ, तर आफ्नै आमाबाबाको काखमा बस्दै दुःख गरेता पनि परदेशीलाई त सुख सरह हुन्छ नी।

देशलाई एक जाना दक्ष जनशक्ति उत्पादन गर्न अरिब २५/३० वर्ष लाग्छ । प्रत्यक वर्ष करिब १५०० डाक्टर, २/३ हजार इन्जिनियर र अरू विधाका कैयौँ जनशक्ति स्वदेश मै उत्पादन भएका छन् । तर विडम्बना भन्ने की दुर्भाग्य ? यी जनशक्तिको अभाव दिन प्रतिदिन देखिन्छ हाम्रो देशमा। उनीहरूको दीक्षान्त पछिको मुख्य योजना नै परदेशिने नै हुन्छ। यो त सरासर देशको उदोगती भै हाल्यो नी। हैन र ?

यस्तो गर्न त हुँदै भएन नी अब त। देश भ्रष्टहरुले सकाउन लागी सके। देशको अवस्था नाजुक नै छ। परदेशिएका नेपाली स्वदेश फर्कने अनि स्वदेशका नेपाली यहीं केही गर्छु भन्ने भावना अघि सारेर अघि बढे पो देश को अवस्था अघि सर्छ।

सबै हातेमालो गरेर अघि सर्नु पर्छ अब त। विदेशमा सिकेको सीप यहाँ आएर परिचालन गरौं, विदेशमा बगाउने रगत, पसिना र आँसु स्वदेश मै आएर बगाउँ। विदेशमा पोख्ने दुःख अनि सुखका कुरा स्वदेशमै आएर यहाँका नदीनाला, पाखा-पखेरासँग पोखौं ।यहाँका जनशक्ति यहीँको लागि हुन्, यहाँ पाएको शिक्षा यहीँ परिचालन गर्छु भन्ने अठोट राखी हातेमालो गर्दै अघि सरौं। अनि सबै आमाबाबाले छोराछोरीलाई स्वदेश मै बस्ने अनि स्वदेशमै केही गर्ने भन्ने ज्ञान दिदै सुखी जीवन बिताउँ ।